एमालेले राष्ट्रियसभा उम्मेदवारमा १३ जनाको नाम तय गर्यो , कोमल ओली पनि परिन

दूरबिन नेपाल     ९ माघ २०७४, मंगलवार ०३:०७    

Anil Baral Real Estate

काठमाडौं–नेकपा एमालेले १३ राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको छ । सोमबार अबेरसम्म एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले माओवादी केन्द्रसँग तालमेल गर्दा पार्टीको भागमा परेको २९ मध्ये १३ उम्मेदवारको टुंगो लगाएको हो ।

पार्टी सचिव प्रदीप ज्ञवालीका अनुसार प्रदेश नम्बर ७ बाट ४ जनाको नाम टुंगो लगाइएको छ । यस्तै प्रदेश नम्बर ५ बाट ५ जना र प्रदेश नम्बर ४ बाट ४ जनाको नाम टुंगो लगाइएको छ ।बाँकी १६ उम्मेदवार पनि क्रमशः छनोट गरेर १० गते मनोनयन गर्ने एमालेले जनाएको छ।

चर्चित गायिका कोमल ओलीलाई पनि एमालेले प्रदेश नम्बर ५ बाट राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश नम्बर ५ बाट उनीसहित रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला), रुपन्देही, मीना बुढा (महिला), रोल्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै प्रदेश नम्बर ७ बाट एमालेले कमला ओली (महिला), कैलाली, इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर, शेरबहादुर कुँवर (खुला), अछाम र चक्रप्रसाद स्नेही (दलित), डडेलधुरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै प्रदेश नम्बर ६ बाट कविता बोगटी (महिला), हुम्ला, . नन्दा शर्मा ( महिला), सुर्खेत,  नरपति लोहार (दलित), कालिकोट, भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट र ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

 


९ माघ २०७४, मंगलवार ०३:०७ मा प्रकाशित