माओवादीले राष्ट्रियसभाका उम्मेदवार तय गर्यो, यी हुन् माओवादीका ७ प्रदेशका उम्मेदवार

दूरबिन नेपाल     ९ माघ २०७४, मंगलवार ११:५८    

Anil Baral Real Estate

काठमाडौं– नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवार तय गरेको छ । अन्य दल छलफलमै रहँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा मंगलबार
बसेको शीर्ष नेताको बैठकले उम्मेदवार तय गरेकोहो ।

राष्ट्रियसभाको चुनावमा पनि माओवादी र एमालेबिच तालमेल भएको छ । जसअनुसारमाओवादीले निर्वाचन हुने कुल ५६ सिटमध्ये १४ सिटमा मात्रै उम्मेदवारी दिएको हो ।

कुन प्रदेशबाट को उम्मेदवार ?

प्रदेश नं. १
(१) बीना पोखरेल (महिला)

प्रदेश नं. २
(२) शशिकला दाहाल (महिला)
(३) टुङ्गाे लगाउन बाँकी

प्रदेश नं. ३
(४) रामबहादुर थापा ‘बादल’ (खुला)
(५) गंगा पराजुली (महिला)

प्रदेश नं. ४
(६) दीनानाथ शर्मा (खुल्ला)
(७) खीमकुमार बि.क. (दलित)

प्रदेश नं. ५
(८) राजकुमार कुंवर (अल्पसंख्यक/अपांग)
(९) चन्द्र बहादुर खड्का (खुला)

प्रदेश नं. ६
(१०) जीवन बुढा (अपाङ्ग/अल्पसंख्यक)
(११) युटुल लामा (महिला)
(१२) कालीबहादुर मल्ल (खुल्ला)

प्रदेश नं. ७
(१३) लालिराम लोहार (दलित)
(१४) हरिराम चौधरी (खुला)


९ माघ २०७४, मंगलवार ११:५८ मा प्रकाशित