राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार छान्न कांग्रेस छलफलमै, ४ प्रदेशको टुंगो लाग्यो

दूरबिन नेपाल     ९ माघ २०७४, मंगलवार १२:०९    

Anil Baral Real Estate

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनको लागि ४ वटा प्रदेशको उम्मेदवार तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबारअबेर राती सम्म बसेको बैठक मंगलबापनि विहानैदेखि जारी छ । कांग्रेसका पदाधिकारीसहित शीर्ष नेताको बैठकले चार वटा प्रदेशको उम्मेदवारहरुको नाम टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनका अनुसार अन्य ३ वटा प्रदेशको नाम पनि आजै टुंगो लगाउने प्रयास भइरहेको बताए ।

कुन प्रदेशमा को उम्मेदवार ?

प्रदेश ४
सुरेन्द्रराज पाण्डे (खुला)
बृन्दा राना मगर (महिला)
जीतबहादुर नेपाली (दलित)
प्रकाश पन्त (अपाङ्ग)

प्रदेश ५
दुर्गाप्रसाद उपाध्याय (खुला)
अनिता देवकोटा (महिला)
मैकुलाल बाल्मीकि (दलित)
लुटबहादुर खत्री (अपाङग)

प्रदेश नम्वर ६
विष्णुबहादुर शाही (खुला)
सूर्यदेवी मल्ल (महिला)
सिताराम विके (दलित)
गोपालप्रसाद शर्मा (अपाङ्ग)

प्रदेश नम्वर ७
बद्री पाण्डे (खुला)
तारादेवी भट्ट (महिला)
शेरी राम पार्की (दलित)
छत्रराज जोशी (अपाङ्ग)


९ माघ २०७४, मंगलवार १२:०९ मा प्रकाशित