काँग्रेसले ५२ सिटमा उम्मेदवारी दिने

दूरबिन नेपाल     १० माघ २०७४, बुधबार ०३:४८    

Anil Baral Real Estate

काठमाडौँ, १० माघ / नेपाली काँग्रेसले ५६ मध्य ५२ स्थानमा उम्मेदवारी निर्णय गरेको छ । काँग्रेसले प्रदेश २ का ४ र अन्य प्रदेशका ४८ गरी जम्मा ५२ स्थानमा उम्मेदवारी दिन लागेको छ ।
प्रत्येक प्रदेशबाट ८/८ जना उम्मेदवार तय गर्नुपर्नेमा कांग्रेसले ४/४ जना मात्र उठाएको छ जसमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजितलाई राष्ट्रियसभामा उम्मेदवार बनाएको छैन।
आज उम्मेदवारी दर्ता गर्ने समय भएको हुँदा हिजो नै निर्णय गरिसकेको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।


१० माघ २०७४, बुधबार ०३:४८ मा प्रकाशित