कांग्रेसका यी हुन् राष्ट्रिय सभाका उम्मेदवार (सूचीसहित) राधेश्याम र जितेन्द्रदेव पर्दा गुरु र कल्याण छुटे

दूरबिन नेपाल     १० माघ २०७४, बुधबार ११:२२    

Anil Baral Real Estate

काठमाडौँ : नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनक लागि सबै उम्मेदवारको  नाम टुंगो लगाएको छ । सोमबारदेखि लगातार बसेको कांग्रेस बैठकले बुधबार सबै उमेदवारको नाम टुंगो लगाएको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको राष्ट्रियसभा निर्वाचनको कार्यतालिकाअनुसार आइतबार सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरिसकेको छ । कार्यतालिकाअनुसार माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुनेछ ।

अधिवक्ता राधेश्याम अधिकारी र लोकतान्त्रिक फोरमबाट नेपाली कांग्रेसमा एकताबाट  आएका जीतेन्द्र देव पनि राष्ट्रिय सभा उम्मेदवार बनेका छन् । तर, केन्द्रिय समितिमा रहेका नेविसंघका पूर्व अध्यक्षहरु गुरुराज घिमिरेर कल्याण गुरुंग भने उम्मेदवार हुन पाएनन् ।प्रतिनिधिसभा र प्रदेशसभामाटिकट नपाएका उनीहरु समानुपातिकसूचमिा पनि नअटाएको र राष्टिय सभामा पनि अवसर नपाएको भन्दै असन्तुष्ट देखिएका छन् ।

 

को को भए  उम्मेदवार :

प्रदेश नम्वर १

रमेशजंग रायमाझी, (खुला), सरिता प्रसाई (महिला)

प्रदेश नम्वर २

जीतेन्द्र नारायण देव (खुला), मुक्ता कुमारी यादव (महिला)

प्रदेश नम्वर ३

राधेश्याम अधिकारी, काठमाडौं (खुला), धना खतिवडा, ललितपुर (महिला)

प्रदेश नं ४ : सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा रानामगर (महिला), जीतबहादुर नेपाली (दलित), प्रकाश पन्त (अपाङ्ग),

प्रदेश नं ५ : दुर्गाप्रसाद उपाध्याय (खुला), अनिता देवकोटा (महिला), मैकुलाल वाल्मीकी (दलित), लुटबहादुर खत्री (अपाङ्ग)

प्रदेश नं ६ : मा विष्णुबहादुर शाही (खुला), सूर्यदेवी मल्ल (महिला), सीताराम विक (दलित), गोपाल शर्मा (अपाङ्ग)

प्रदेश नं. ७ : बद्री पाण्डे (खुला), तारादेवी भट्ट (महिला), धर्मराज जोशी (अपांग), र शेरीराम पार्की (दलित)


१० माघ २०७४, बुधबार ११:२२ मा प्रकाशित