इंगलिस प्रिमियर लिग: म्यान्चेष्टर सिटी, म्यान्चेष्टर युनाइटेड र चेल्सी अग्रस्थानमा

दूरबिन नेपाल     ११ माघ २०७४, बिहीबार ०४:३४    

Anil Baral Real Estate

इंगलिस प्रिमियर लिगमा २४ खेलको समाप्ति पश्चात् म्यान्चेष्टर सिटी ६५ अङ्क सहित प्रथम स्थानमा रहन सफल भएको छ । त्यसै गरी तालिकामा म्यान्चेष्टर युनाइटेड ५३ अङ्कसहित दोस्रो र चेल्सी ५० अङ्कसहित तेस्रो स्थानमा रहन सफल भएकाछन् ।
जनवरी २२ मा तालिकाको पुच्छारमा भएको स्वेनसियाले तेस्रो स्थानमा रहेको लिभरपुललाइ १-० ले हराउँदै चौथो स्थानमा धकेलिदियो । यस पराजयसँगै लिभरपुलको लगातार चार खेल जित्दै आएको यात्रामा रोकसमेत लगाइदियो । जनवरी २० मा चौथो स्थानमा रहेको चेल्सीले १६ औ स्थानमा रहेको ब्राइज्टनलाइ ४-० ले हराउँदै तेस्रो स्थानमा उक्लन सफल भएको थियो ।
प्रिमियर लिगको अर्को खेल जनवरी ३० मा स्वेनसिया र आर्सनल, वेस्ट ह्याम र क्रिस्टल प्यालेस र हडर्सफिल्ड र लिभरपुल बिच हुँदैछ ।


११ माघ २०७४, बिहीबार ०४:३४ मा प्रकाशित