कार्टुनमा कोमल ओलीको आपत्ती

दूरबिन नेपाल     ११ माघ २०७४, बिहीबार १३:३५    

Anil Baral Real Estate

काठमाडौं– नेकपा एमालेबाट राष्टिय सभा सदस्य भएकी गायिका कोमल ओलीले आफुसँग सम्बिन्धत कार्टुनप्रति आपत्ती जनाएकी छन् । ओलीले आफूमाथि बुधबारको नागरिक दैनिकमा कार्टून प्रकाशित गरी गरिएको व्यङ्ग्यप्रति फेसबुकमा स्टाटस लेख्दै असन्तुष्टि जनाएकी हुन् ।

उनले कसैको कला वा सिर्जनात्मक कामलाई नाजायज तरिकाले व्यङ्ग्य गर्दा केही समयका लागि व्यंग्यकारले चर्चा पाउने भए पनि दीर्घकालमा त्यो आफ्नै लागि हितकर नहुने बताएकी छन् । उनले सबै कुराको सिमा हुने भन्दै कार्टुनले सिमा नाघेको बताएकी छन् ।

राप्रपाबाट एमालेमा प्रवेश गरेकी वलीलाई एमालेले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएपछि बुधबारको नागरिक दैनिकमा रविन सायमीले उनी र केपी ओलीको कार्टुन बनाउँदै वलीले गाएको ‘पोइल जान पाम..’ बोलको गीतमाथि व्यंग्य गरेका थिए ।

 

कोमलले आफ्नो आलोचनाबारे यसो भनिन् : 
म नेकपा एमाले र वाम गठवन्धनको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवारको रुपमा उभिएकी छु । पार्टीका आदरणीय नेताहरुले मलाई विश्वास गर्नुभएको छ, त्यो विश्वासलाई जीवित राख्ने चुनौती मेरो अगाडि छ । पार्टीले मलाई इज्जत दिएको छ, अब आफ्ना नेता तथा कार्यकर्ता, जनता र देशलाई त्यो भन्दा बढी इज्जत र सम्मान गर्ने जिम्मेवारी मेरो काँधमा छ । म यो चुनौती स्वीकार गर्छु र त्यसका लागि योग्य ठान्ने सबै श्रद्धेय नेतागणहरु तथा समस्त पार्टी पंक्तिलाई नमन गर्न चाहन्छु ।

तर, यो अवसर मैले चिट्ठामा पाएको होइन । बरु यो त एउटा जिम्मेवार राजनीतिक दलले एक देशभक्त नागरिकलाई देशको लागि केही गर भनेर दिएको यो एउटा जिम्मेवारी हो । किनकी मलाई राम्रोसंग जानकारी छ, कलाक्षेत्रबाट राजनीतिमा सक्रिय हुन खोज्ने म दुनियाको पहिलो वा अन्तिम पात्र होइन । ८० को दशकमा अमेरिकी राष्ट्रपतिको रुपमा दुनियामा आफ्नो प्रभाव जमाउने रोनाल्ड रेगनको पृष्ठभूमी राजनीति थिएन । लामो समय रेडियोमा काम गरेका उनले हलिउडको फिल्मी क्षेत्रमा समेत आफ्नो विशिष्ट स्थान बनाएका थिए । उनी रेडियकर्मी थिए, एउटा कलाकार थिए । त्यही कारणले उनको दल र त्यहा“का जनताले राजनीतिक रुपमा अयोग्य भनेनन् । बरु, उनको क्षेमतालाई राष्ट्रका लागि प्रयोग गर्ने बाटो रोजे ।

म सचिन तेण्डुलकरको नाम पनि यहा“ उल्लेख गर्न चाहन्छु । राजनीतिमा सचिनको भुमिका के थियो भनेर कसैले सोध्यो भने स्वयम सचिनसंग पनि यसको जवाफ नहोला । तर उनलाई त्यहा“को राजनीतिक व्यवस्थाले सांसद बनाएको छ । उनी अहिले पनि त्यहाँको माथिल्लो सदन राज्यसभाका बहालवाला सांसद् हुन ।

खेलाडी मात्र किन रु सिनेक्षेत्रमा ख्याती कमाएकी जया प्रदा, जया वच्चन, रेखा, सवाना आजमीजस्ता कलाकारहरुलाई पनि त्यहँको
का राजनीतिक दल र जनताले संसदमा पु¥याएका छन् । जावेद अख्तरजस्ता गीतकारले पनि सांसदको रुपमा देशको सेवा गर्ने अवसर पाएका छन् । अझ टेलिसिरियिलमा प्रशस्त नाम कमाएकी स्मृति इरानीलाई नरेन्द्र मोदीको भाजपाले कांग्रेसका राहुल गान्धीविरुद्ध उठाएको थियो । उनले चुनाव हारिन्, तर उनको साहसलाई कदर गरेर भाजपाले उनलाई राज्यसभामा निर्वाचित गराएको छ । उनी अहिले भारतको मन्त्री पनि भएकी छिन् । के त्यसले भारतको लोकतन्त्र कमजोर भएको छ रु के त्यहा“को राजनीतिक दलको प्रतिष्ठा गुमेको छ रु म त भन्छु, त्यसले महिलाको आवाज बलियो भएको छ । कलाक्षेत्रको सम्मान बढेको छ ।

हामीकहाँ पनि आज एउटी नारीको आवाजलाई, एउटी कलाकारको संगीतलाई र एउटा सचेत नागरिकको इच्छाशक्तिलाई हाम्रो पार्टीले सम्मान गरेको छ, त्यसले हाम्रो राजनीतिलाई बलियो बनाउनेछ । नेताहरुले आफ्नो जिम्मेवारी पुरा गर्नुभएको छ । कार्यकर्ता तथा जनप्रतिनिधिहरुले अब २४ माघमा मतदान गरेर आफ्नो जिम्मेवारी पुरा गर्नुहुनेछ । अब मैले पूर्ण इमान र अनुशासनका साथ आफ्नो जिम्मेवारी पुरा गर्नेछु । यो निर्णय गर्ने नेताहरुको र त्यसलाई समर्थन गर्ने कार्यकर्ता तथा जनताको शीर निहुरिन दिने छैन । यो मेरो वाचा हो । यो वाचामा विश्वास गर्न, यो प्रदेशलगायत देशैभरी वाम गठवन्धनका उम्मेदवारहरुलाई निर्वाचित गराउन म सम्पूर्ण मतदाता जनप्रतिनिधिहरुलाई हार्दिक आग्रह गर्दछु ।


११ माघ २०७४, बिहीबार १३:३५ मा प्रकाशित