पोर्तुगलमा सडक दुर्घटनामा परि एक नेपालीको मृत्यु

दूरबिन नेपाल     १२ माघ २०७४, शुक्रबार ००:२८    

Anil Baral Real Estate

वासुदेव सत्याल
पोर्तुगल, २५ जनवरी । गाडी दुर्घटनामा परी बिहीबार बिहान पोर्चुगलमा एक जना नेपाली युवतीको मृत्यु भएको छ । घटनामा अन्य ७ जना घाइते भएका छन् । घाइतेमध्य एकको अवस्था गम्भीर रहेको पोर्चुगल प्रहरीले जनाएको छ । पोर्चुगलको फाइसबाट फिदिरियस जाँदै गरेको माइक्रो भेन सेतुबल मंतेजोमा दुर्घटना परेको हो । दुर्घटनामा परी चितवनकी अन्दाजी २५वर्षकी चेतमाया तामाङ्गको घटनास्थलमै मृत्यु भएको हो । चितवनकै अनिशा विश्वकर्माको अवस्था गम्भीर रहेको गैह्र आवासीय नेपाली संघ पोर्तुगलले जनाएको छ । घाइतेहरूको स्थानीय सेतुबल अस्पतालमा उपचार भइरहेको छ । स्थानीय समयअनुसार बिहान ७ बजेतिर काममा जाँदै गर्दा चालकको लापरबाहीका कारण दुर्घटना भएको घाइतेहरूले बताएका छन् ।

गाडी पाकिस्तानी चालकले चलाएका थिए । गणेश ज्ञवालीले सञ्चालन गरेको क्यापासिटी फर वोर्क नामक कामदार प्रदायक कम्पनीमा कार्यरत तामाङ्ग केही महिनाअघि मात्र पोर्चुगल गएकी थिइन । उक्त कम्पनीमा एक भारतीयसहित १२ जना नेपाली महिला कार्यरत छन् ।


१२ माघ २०७४, शुक्रबार ००:२८ मा प्रकाशित