यूएस नेपाल पोलिसी रिसर्च सेन्टरमा डाक्टर पन्त

दूरबिन नेपाल     १९ जेष्ठ २०७६, आईतवार १४:४०    

Anil Baral Real Estate

सानफ्रानसिस्को  ।

यूएस नेपाल पोलिसी रिसर्च सेन्टरमा डाक्टर राजन पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । सानफ्रानसिस्को स्थित युनिभर्सिटी अफ क्यालिफोर्निया बक्र्लेमा गत साता सम्पन्न सेन्टरको चौथो वार्षिक सम्मेलनबाट अध्यक्षमा डाक्टर राजन पन्त र कार्यकारी सचिवमा डाक्टर सुमन पराजुली चयन हुनु भएको हो ।

यसै गरी कार्यसमितिमा तरुण पौडेल, डा. देशराज संयोक्, डा.दीनबन्धु भट्ट,डा. इश्वर श्रेष्ठ, जगदंबा अधिकारी, शृष्टी भट्टराइ,र डा.लेखनाथ अधिकारी चयन हुनुभएकोछ।

अमेरिकामा रहेका नेपाली वैज्ञानिक, विज्ञ, र व्यावसायिक व्यक्तिहरू संलग्न संस्था युएस नेपाल पोलिसी रिसर्च सेन्टरले अमेरिकामा रहेका नेपाली र नेपालका सन्दर्भमा नीतिगत र प्राज्ञिक विषयहरूमा नेपाल र अमेरिकामा काम गर्ने गर्दछ । २०१५ मा स्थापित युएस नेपाल पोलिसी सेन्टरले सिकागो, भर्जिनिया, बोस्टन र सानफ्रान्सिस्को सहरमा विगतमा वार्षिक सम्मेलन गरेको थियो।


१९ जेष्ठ २०७६, आईतवार १४:४० मा प्रकाशित