अमेरिकाको लस एन्जल्समा ईन्द्र जात्रा

दूरबिन नेपाल     ३१ भाद्र २०७६, मंगलवार ०३:३८    

Anil Baral Real Estate

अमेरिका, १५ सेप्टेम्बर/ लस एन्जल्समा रहेका नेपालीहरुले आज ईन्द्र जात्रा मनाएका छन। साउदर्न क्यालिफोर्निया को सेरिटोसको पूर्वी भागमा रहेको पार्कमा इन्द्र जात्रा मनाइएको थियो ।
नेवा: अर्गनाइजेसन साउदर्न क्यालिफोर्निया च्याप्टरले गत बर्ष पनि इन्द्र जात्रा (येँया पुन्हि) मनाएको थियो । नेपालीको बस्ति भएका अमेरिकाको अन्य स्थानमा समेत इन्द्र जात्रा मनाउने गरिएको छ ।
नेपालमा यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, धुलिखेललगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। जात्राको अवसरमा विदेशीहरू माझ समेत आकर्षक खानाको रूपमा रहेको समय बजि खाने गरिन्छ । यो नेवारी समुदायको पारम्परिक परिकार हो । इन्द्र जात्रा भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ हुन्छ । इन्त्रजात्राको प्रमुख कार्य नै लिङ्गो वा ध्वजाको स्थापना हो। समय बजिको नेवारी शाब्दिक अर्थ नास्ताको रूपमा खाने चिउराको परिकार हुन्छ ।
नेवा: अर्गनाइजेसनले प्रवासमा आफ्नो संस्कृतिलाई निरन्तरता दिने उद्देश्य अनुरूप म्ह: पूजा, यमरी पूजा लगायतका कार्यहरू समेत वार्षिक रूपमा गर्दै आइरहेको छ ।


३१ भाद्र २०७६, मंगलवार ०३:३८ मा प्रकाशित