अमेरिकामा नेपाली पेशाकर्मी र विज्ञहरूको सम्मेलन हुने

दूरबिन नेपाल     १ आश्विन २०७६, बुधबार १७:२७    

Anil Baral Real Estate

सान्फ्रान्सिस्को (अमेरिका) : ग्लोबल नेपाली प्रोफेसनल नेटवर्क (जिएनपिएन) ले नेपाली पेशाकर्मी र विज्ञहरुको सम्मेलन गर्ने भएको छ। जिएपिनएन अमेरिकामा रहेका नेपाली पेशाककर्मीहरुको साझा सस्था हो।

 

नेपालीहरुले हासिल उपलब्धीलाई स्वदेशको विकासमा योगदान पुर्याउन यो सम्मेलन सहयोगी हुने विश्वास गरिएको छ। हामी यसलाई साझा मञ्चका रुपमा विकास गर्दै नेटवर्क बनाएर अघि बढ्न चाहान्छाै‌, जिएनपिएन सम्मेलन २०१९ का अध्यक्ष रुपेश सि‌म्खडाले भने। आगामी शनिबार (सेप्टेम्बर २१) क्यालिफोर्नियाको वर्कली युनिभर्सिटीमा आयोजना हुने सम्मेलनमा करिव १८ जना पेशाकर्मी तथा विज्ञहरुको प्रस्तुति हुनेछ।

 

यस पटकको सम्मेलनमा अमेरिकाका प्रख्यात आर्किटेक्ट इन्जिनियर जाेन पिकार्ड प्रमुख वक्ताका रुपमा सहभागी हुँदैछन्। उनले ग्रीन टेक्नोलोजीका विषयमा बाेल्ने जिएनपिएनले जनाएको छ।

 

टेक्नाेलाेजि, वित्त, स्वास्थ्य उपचार, सञ्चारलगायतका विषयमा सम्मेलनमा बृहत छलफल हुनेछ । यस पटक महिला नेतृत्वका विषयमा पनि प्रस्तुति हुनेछ । विदेशमा आर्जन गरेको ज्ञान र सीप नेपालको विकासमा समेत उपयोग गर्न यो सम्मेलनले सहयोग पुर्याउने विश्वास गरिएको छ। सम्मेलनमा अमेरिका बाहेक अन्य मुलुकबाट समेत सहभागिता हुनेछ। सम्मेलनले नेटवर्क विस्तार गर्ने र यसमार्फत नेपालका विकासमा ज्ञान, सीप, पुँजी तथा प्रविधी हस्तान्तरणमा सहयोग पुग्ने विश्वास आयोजकको छ ।


१ आश्विन २०७६, बुधबार १७:२७ मा प्रकाशित