पिएसजीले हरायो रियाल म्याड्रिडलाई युभेण्टस र एथलेटिक म्याड्रिडले खेले बराबरी

दूरबिन नेपाल     २ आश्विन २०७६, बिहीबार ००:०१    

Anil Baral Real Estate

युरोपियन च्याम्पियन लिग अन्तरगत मङ्गलवारबाट सुरु भएको खेलमा स्पेनिस क्लब रियल म्याड्रिडलाई फ्रान्सेली क्लब पिएसजीले स्तब्ध बनाएको छ । नैमार र इम्वापे र कभानी जस्ता स्टार खेलाडी विना मैदानमा उत्रेको पिएसजीले घरेलु मैदानमा आक्रामक रणनीतिका साथ मैदानमान उत्रेको थियो । पिएसजीको निम्ति डी मारियाले १४ औ मिनेटमा
नै गोलाको खाता खोलेका थिए । लगत्तै ३३ औँ मिनेटमा नै डी मारियाले अर्को गोल गर्दे दोब्बर बनाए ।

खेलको ९० औँ मिनेटमा म्यूनिरले गोल गर्दे च्याम्पियन लिगको पहिलो खेलमा विजयको ढोका खोलेको छ । रियल म्याड्रिडको निम्ति स्ट्राइकर वेञ्जमा र गेरथ वेलले गोल गरे पनि वेञ्जमा गोललाई रेफ्रिले अफसाइड घोषणा गरेका थिए वेलको भिएआरले ह्याण्ड बल देखाएपछि गोलमा परिणत हुन सकेन ।प्राय सबै खेलमा आक्रामकता साथ मैदानमा छाउने रियलको पिएसजीलेसगको खेलमा मध्यपंत्ति र रक्षापंत्ति कमजोर
देखिएको थियो ।

यता इङ्लिस क्लब म्यानचेस्टर सिटीले पनि सख्तरलाई ३–० अन्तरले सहजै जीत हासिल गरेका थिए सिटीको निम्ति मोहरेज, गुण्डुवान र ग्रावियल जेसिसले गोल गरेका थिए ।

जर्मनी क्लब वार्यन म्यूनिखले पनि एफ के क्राभेनालाई ३–० को अन्तरले नै पराजित गरेको छ ।

च्याम्पियन लिगको निकै प्रतिस्पर्धात्मक खेल मानिएको युभेण्टस र एथलेटिक मेड्रिडले भने
२–२ को बराबरी खेलेको छ ।

युभेण्टसको निम्ति कोयड्राडो, मतौडीले गोल गरेका थिए भने म्याड्रिडको निम्ति सविक र हरेराले
गोल गरेका थिए ।

आजै भएका वाकी खेलहरूमा क्लब वु्रले गाला टासारि बिचको खेल भने गोलरहित बराबरीमा टुङ्गिएको थियो भने
गत वर्षको उपविजेता टोटनह्याम र ओलम्पिक बिच खेल पनि २–२ को बराबरीमा सकिएको छ ।

यता अर्का क्लब जागे्रवले भने एटलान्टालाई ४–० ले सहजै पराजित गरेको छ ।

रुसी क्लब लोकोमोटिभले जर्मन क्लब वार्यन लिभरकुर्सनलाई २–१ अन्तरले हराएको छ ।


२ आश्विन २०७६, बिहीबार ००:०१ मा प्रकाशित