रोबर्ट ओ ब्रायन राष्ट्रपति ट्रम्पका नयाँ सुरक्षा सल्लाहकार

दूरबिन नेपाल     २ आश्विन २०७६, बिहीबार ०२:०५    

Anil Baral Real Estate

दूरबिन नेपाल

राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार रोबर्ट ओ ब्रायनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा नियुक्त गरेका छन् । । ट्रम्पले जोन बोल्टनलाई बर्खास्त गरेको एक हप्ता पछि रोबर्ट ओ ब्रायनलाई नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा नियुक्त गरेका हुन् । राष्ट्रपति ट्रम्पले ट्विट मार्फत ओ व्रायनको नियुक्तिलाई पुष्टि गरेका छन् । उनलाई ल्याउन कडा मेहनत गरेको ट्रम्पले उल्लेख गरेका छन् । साथै राष्ट्रपतिले अमेरिकी सुरक्षा मामिलामा उल्लेखनीय भूमिका निभाउनेमा पनि विश्वास छ । रोबर्ट ओ व्रायन यसअघि अमेरिकी राज्य विभाग अन्तरगत सुरक्षा मामिला विज्ञ कै रूपमा कार्यरत थिए ।

ट्रम्पले धेरै मुद्दाहरूमा असहमति भएपछि जोन बोल्टनलाई बर्खास्त गरेका थिए ।

राष्ट्रसङ्घको साधारण सभाको मिति नजिकिँदै गर्दा सभामा राष्ट्रिय सुरक्षा सल्लाहकारले भाग लिनु पर्ने भएका कारण चाँडो नियुक्ति गरिएको बताइएको छ ।

यता नयाँ सुरक्षा सल्लाहकार ओ व्रायने पनि राष्ट्रपतिसँग सेवा गर्न पाउनु ठुलो अवसरको रूपमा लिएको बताएका छन् । उनले ट्रम्पको नेतृत्वमा भएका काम र विदेश नीतिहरूको कार्यान्वयनतर्फ अघि बढाउने बताएका छन् ।


२ आश्विन २०७६, बिहीबार ०२:०५ मा प्रकाशित