हामीलाई पनि संविधान दिवस मनाउने वातावरण दिनुस  : राजेन्द्र महतो 

दूरबिन नेपाल     २ आश्विन २०७६, बिहीबार १३:५८    

Anil Baral Real Estate

 काठमाडौँ, २ असोज : राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आवश्यकता र औचित्यका आधारमा संशोधन गर्ने भनेको धेरै समय बितिसक्दा पनि आफूहरुले उठाएको संविधान संशोधनको मुद्दालाई सरकारले बेवास्ता गरिरहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “संविधान जारी भएको चार वर्ष भइसक्यो, जनताको भावनालाई महत्व नदिने, खोइ हाम्रो माग सम्बोधन ? सरकारमै रहेको एउटा पार्टी संविधान दिवस मनाउने पक्षमा देखिन्न । हामीलाई पनि दिवस मनाउने वातावरण दिनुस् । संविधान विपरीतका काम नगर्नुस् ।”

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले ऐनसेल, वाइडबडी र सुन काण्डका दोषीलाई कारवाहीको दायरामा ल्याउन नसकेको घटनाले आफूहरुलाई लज्जित तुल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार र संसद्ले भ्रष्टाचारमा संलग्न दोषीलाई कारवाही गर्न नसक्ने हो भने आफ्नो पार्टी विकल्प खोज्न जनतामा जानेछ ।” नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले बालुवाटार, वाइडबडी र सुनकाण्डका विषयमा सदनमा उठेका कुराको सुनुवाइ नभएको मात्र होइन् संसद्ले दिएको निर्देशन पनि सरकारबाट पालना नभएको भनी गुनासो गर्नुभयो ।
–––


२ आश्विन २०७६, बिहीबार १३:५८ मा प्रकाशित