प्रवासी नेपालीलाई मताधिकारको अधिकार दिन दुतावासमा जनसम्पर्क समितिद्वारा ज्ञापनपत्र

दूरबिन नेपाल     ३ आश्विन २०७६, शुक्रबार ०२:३६    

Anil Baral Real Estate

 अमेरिका, १९ सेप्टेम्बर/ नेपाली कांग्रेसको दोस्रो राष्ट्रीय जनजागरण अभियान अन्तर्गत प्रवासी नेपालीको मताधिकारको तत्काल पहल कदमीकोलागी आज नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा अमेरिकाकालागी नेपाली राजदूत डा अर्जुन कार्की मार्फ़त नेपाल सरकारलाई ज्ञापन पत्र हस्तान्तरण गरेको छ ।

नेपाली काँग्रेस पार्टीले जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्ती भदौ २४ का दिन प्रारम्भ गरेको हिमाल,पहाड,तराई- मधेश “हिपतम” जागरण अभियानको दोस्रो चरणमा विदेश स्थित जनसम्पर्क समितिहरूलाई निश्चित उदेश्य र कार्यक्रमको स्वरूप दिएको छ।
पार्टीको सोही निर्देशन र स्वरूप बमोजिम  नेपाली जनसम्पर्क समिति अमेरिकाले विदेशमा वस्ने सम्पूर्ण नेपालीहरूको मतदानको अधिकार व्यवस्थापनको माग  गर्दै, नेपाली दूतावास (वासिङटन डीसी) मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको महासचिव मुनिन्द्र नेम्बाङले जानकारी गराएका छन्  ।

सम्मानित सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको प्रबन्ध मिलाउने व्यवस्था गर्न सरकारको नाममा आदेश जारी गरेको एक बर्ष पुग्दापनि सरकारले यस सम्बन्धी  कुनै छलफल र तयारी  थालेको देखिन्न । त्यसैले जागरण अभियानको क्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाले हिमाल,पहाड,तराई र मधेशका विदेशमा वस्ने सम्पूर्ण नेपालीहरूको प्रतिनिधित्व गर्दै, नेपाल सरकारसँग मतदानको अधिकार व्यवस्थापनको माग राखी दवाब स्वरूप यो ज्ञापन पत्र पेश गरेको हो ।


३ आश्विन २०७६, शुक्रबार ०२:३६ मा प्रकाशित