सिरियाको टिपीएस थपियो, नेपालको अझै अन्यौल ?

दूरबिन नेपाल     ७ आश्विन २०७६, मंगलवार ०१:४९    

Anil Baral Real Estate

 

अमेरिका, सेप्टेम्वर २३ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा युएससीआइएस ले सिरीयाको टिपीएस (टेम्पोररी प्रोटेक्टेड स्टाटस) अर्थात अस्थाई संरक्षित स्थिती को म्याद थपिएको जनाएको छ ।

 

टिपीएसको अवस्थामा रहेका सिरीयालीहरुका लागि २०२१ मर्च ३१ सम्मको लागि म्याद थपिएको जनाइएको छ । यसको लागि युएससीआइएसले यसै बर्षको सेप्टेम्बर २३ देखि २२ नोभेम्बर सम्म नविकरण गर्न समयसिमा पनि तोकेको छ । सबै आवेदकले आइ ८२१ फारम भर्नपनि अनुरोध गरेको छ । सबै फारमहरु युएससीआइएसको वेभ साइडमै उपलव्ध छन ।

 

सिरीयामा जारी द्वन्द्वका कारण लाखौं मानिस विस्थापित भइरहेको अवस्थामा सिरीयाको टिपीएस सेवालाई निरन्तरता दिइएको होमल्याण्ड सेक्युरिटीका एक्टीङ सेक्रेटरी केभिन के मेकलेननले जनाएका छन । तर नेपालको सम्बन्धमा भने कुनै निर्णय भएको छैन । यद्यपि नेपालको टिपीएस सेवाको निरन्तरताको लागि विभिन्न दवावमुलक कार्यक्रमहरु भइनै रहेका छन । नेपालमा सन २०१५ को अप्रिलमा भुकम्प गएपछि सन २०१५ जुन २४ देखि नेपालीलाईपनि टीपीएस सुविधा दिदै आएकोे थियो ।

 

नेपालमा भुकम्पीय जोखिम भएकोले अमेरिकाले यो सूविधा दिदै आएको छ । पछिल्लो समय टीपीएस सम्बन्धी विधेयक तल्लो सदनबाट पारीत भएको छ भने माथिल्लो सदनमा निर्णयको पर्खाइमा छ ।


७ आश्विन २०७६, मंगलवार ०१:४९ मा प्रकाशित