चितवनमा कार्टुन उद्योगमा आगलागी

दूरबिन नेपाल     ७ आश्विन २०७६, मंगलवार ०३:०९    

Anil Baral Real Estate

     
  चितवन, ७ असोज । भरतपुर महानगरपालिका–४ बाह्रघरेमा रहेको युनाइटेड प्याकेजिङ कम्पनीमा (कार्टुन बनाउने उद्योगमा) आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ३ः३० बजे विद्युत् चुहावट भई आगलागी भएको थियो ।  
 
भद्रनारायण पियाद्वारा सञ्चालित सो उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । महानगरपालिकाको, दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सक्रियतामा आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

रासस


७ आश्विन २०७६, मंगलवार ०३:०९ मा प्रकाशित