नेपाल सरकारद्वारा नै ‘गाइको मासु’ खान भन्दै विज्ञापन ?

दूरबिन नेपाल     ७ आश्विन २०७६, मंगलवार १०:३३    

Anil Baral Real Estate

काठमाडौं, असोज ७ । कानुनत गाइको मासु नेपालमा बर्जित छ । गाइ नेपालको राष्ट्रिय जनावर हो । त्यसका अतिरिक्त्त  बहुसख्यक नेपाली हिन्दु धर्मालम्वी छन् । हिन्दु धर्ममा गाइलाई देवताको रुपमा पुजिन्छ ।

नेपालमा रहेका केही जनजातीले गाइको मासु खाने गर्दछन् । गाइ काटेको वा गाइको मासु खाएको अभियोगमा सयौंले मुद्दा खेपिरहेका छन् भने केही कारागारको सजाय पनि भोगि रहेका छन् ।

तर नेपालमा प्रतिवन्धीत गाइको मासु खान प्रेरित गर्दै नेपाल सरकार अन्तर्गतको निकायले विज्ञापन गरेको छ । कृषि तथा पशुपक्षी मन्त्रालय अन्तर्गत पशु सेवा विभागले हातै सार्वजनीक गरेको पोष्टरमा यस्तो विज्ञापन गरिएको हो । विभाग अन्तर्गतको पशु आहारा तथा लाइभस्टक गुण नियन्त्रण प्रयोगशालाको ‘बधशाला देखि भान्सा सम्म स्वस्थ र स्वस्चछ मासु’ शिर्षकको पोष्टरमा अन्य जनावर सहित गाइको फोटो पनि राखिएको छ ।

विभागले कुन कुन जनावरको मासु स्वस्थ हुन्छ भन्ने सन्देश दिन यस्तो विज्ञापन गरेको हो । अन्य समयको तुलनामा नेपालमा दशैमा मासुको बढी खपत हुन्छ । पोष्टरमा अर्को पनि गभ्मिर गल्ती गरिएको छ । दुध खुवाउदै गरेको बाख्रीको फोटो पनि स्वस्थ र स्वच्छ मासुका लागि उपयुक्त जनावरको सुचीमा राखिएको छ ।  गर्भिणी र दुधालु जनावार मासुका लागि उपयुक्त होइनन ।

पोष्टर विवादमा परे पछि विभागले विज्ञप्ती जारी गर्दै भूलवस गाइको फोटो पर्न गएको भन्दै क्षमा मागेको छ ।


७ आश्विन २०७६, मंगलवार १०:३३ मा प्रकाशित