काँग्रेसको अबको महाधिवेशनमा हिन्दुराष्ट्रको प्रस्ताव बलियो भएर आउछ : शशांक कोइराला 

दूरबिन नेपाल     ९ आश्विन २०७६, बिहीबार १३:२२    

Anil Baral Real Estate

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशा‌ंक कोइलाले पार्टीको अबको महाधिवेशनमा  नेपाललाई पुनः हिन्दु राज्य बनाउनुपर्ने प्रस्ताव बलियो रुपमा आउने बताएका छन् । उनले अहिले नै यस्तो माग गर्दै हस्ताक्षर बुझाउनेको माग आठ सयको हाराहारीमा रहेको भन्दै महाधिवेशन सम्ममा त्यो संख्या झनै बढ्ने दावी गरे ।

पार्टीको कार्यक्रमको शिलशिलामा रामेछाप पुगेका कोइरालाले नेपाल प्रेस युनियन रामेछापद्वारा आयोजित पत्रकार भेटघाट धर्मका बारेमा फेरी पनि  विवादास्पद भनाई राखेका हुन । यस अघि पछिल्लो पटक  महामन्त्री कोइरालाले फागु पुर्णिमाको अवसरमा आफ्नै निवासमा आयोजित कार्यक्रममा पार्टी हिन्दु राज्यको पक्षमा जाने बताएका थिए । तर लगतै उनले सन्चार माध्यमले आफ्नो आसय बङ्गाएको आरोप लगाएका थिए ।

उनले महाधिवेशन पछि पार्टी गुटरहित हुनु पर्नेमा जोड् दिए । उनले भने,’ पार्टी भित्र अन्तर्घात नहुने हो भने काँग्रेसले कसै सँग पनि हार खानु पर्दैन ।’

महामन्त्री कोइरालाले अहिलको सरकारले सपना मात्र बाडेको आरोप लगाए ।’यो सरकार सँग कुनै नयाँ योजना छैन, सपना मात्रै बाँड्दै हिडेको छ ।’ उनले सरकार काण्डै काण्डमा फसेको समेत आरोप लगाए ।

९ आश्विन २०७६, बिहीबार १३:२२ मा प्रकाशित