नेपाल खुला दिसामुक्त राष्ट्र घोषित

दूरबिन नेपाल     १३ आश्विन २०७६, सोमबार ११:४९    

Anil Baral Real Estate

 काठमाडौँ, १३ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणा गर्नुभएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले सो घोषणा गर्नुभयो । नेपालका ७५३ स्थानीय तह र ७७ जिल्लाले गरेको खुला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्यलाई कदर गर्दै नेपाललाई खुला दिसामुक्त घोषणा गरिएको हो ।

 

साथै उहाँले सन् २०३० सम्म दिगो विकासको लक्ष्य पूरा गर्ने सङ्कल्प पनि गर्नुभयो । घोषणापछि कार्यक्रमस्थल राष्ट्रिय सभागृहमा सहभागीले राष्ट्रिय झण्डा फहराउँदै तालीको गडगडाहटले स्वागत गरेका थिए ।

(रासस)


१३ आश्विन २०७६, सोमबार ११:४९ मा प्रकाशित