आइसिइ हिरासतमा एक क्यामरुन नागरिकको मृत्यु

दूरबिन नेपाल     १६ आश्विन २०७६, बिहीबार १९:२०    

Anil Baral Real Estate

अमेरिका, ३ अक्टोबर। आइसिइको सान डियागोस्थित ओटाय मेसा डिटेन्शन सेन्टरमा एक ३७ वर्षीय क्यामरुनका नागरिकको मृत्यु भएको छ । उनको चुला भिस्टा मेडिकल सेन्टरमा ब्रेन हेमरेजको उपचारको क्रममा मृत्यु भएको हो ।

निभाने अविन्वी नामका क्यामरुन नागरिकलाई मेक्सिकोबाट अमेरिकामा अबैधानिकरुपमा प्रवेश गर्दे गर्दा येसिद्रो नाकामा सीमा सुरक्षा वलले पक्राउ गरेको थियो । सीमा सुरक्षावलले उनलाई आइसिइ अधिकारीलाई बुझाएका थिए ।

पछि उनलाई सेप्टेम्बर १९ मा ओटाय मेसा डिटेन्शन सेन्टरमा चलान गरिएको थियो । अबियन्वीलाई हिरासतमै रहँदा मध्यरातमा एक्कासि बिरामी भएपछि आकस्मिक उपचारको निम्ति चुला भिस्टा मेडिकल सेन्टरमा लगिएको थियो ।

चिकित्सकहरूका अनुसार अबियन्वीलाई मश्तिस्कघात भएको फेला पर्‍यो र पछि उपचारको क्रममा मृत्यु भएको हो ।

यसै वर्षमात्र आइसिइका विभित्र हिरासतमा दर्जनौँ आप्रवासीको मृत्यु भइसकेको छ । अध्यागमन अधिकारकर्मीहरुले आइसिइको हिरासतमा रहेका आप्रवासिलाई जनावार जस्तै तरिकाले राखिएको र त्यसलाइ सुधार गर्न अमेरिकी सरकारलाई चर्को दवाव दिंदै आएका छन ।


१६ आश्विन २०७६, बिहीबार १९:२० मा प्रकाशित