अमेरिकामा हुने विश्व कप फुटबलको प्रमोशन सगरमाथाबाट गर्न नेपालको प्रस्ताव

दूरबिन नेपाल     २५ आश्विन २०७६, शनिबार ०४:१६    

अमेरिकामा हुने विश्व कप फुटबलको प्रमोशन सगरमाथाबाट गर्न नेपालको प्रस्ताव

अमेरिका, अक्टुवर ११ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले सन् २०२६ मा अमेरिकामा हुने विश्व कप फुटबलको प्रमोशनको शुरूवात सगरमाथाबाट गर्न प्रस्ताव गरेका छन् ।

 

हाल अमेरिका भ्रमणमा रहेका शेर्पाले आफ्ना समकक्षी अमेरेकी फुटबल फेडेरेशनका अध्यक्ष कार्लोस कोर्डीरोसॅगको भेटमा यस्तो प्रस्ताव गरेका हुन् ।

PlutonicTech

 

दुई देशका फुटबल संघका अध्यक्ष बीच शुक्रवार भर्जीनियाको फियरफ्याक्स स्थित राष्ट्रिय टिम बस्ने अफिसियल होटल म्यारिएटमा भेटवार्ता भएको थियो । शेर्पाको प्रस्तावलाई कार्लोसले सकारात्म रूपमा लिएको बताए ।

शेर्पाले विश्वको छानो सगरमाथामा विषेश कार्यक्रम गरि विश्व कपको प्रवर्दन गर्न भनेका थिए । जवाफमा कार्लोसले सो प्रस्तावमा आफु सकारात्म रहेको र यसवारे विश्व फुटबलको सर्वोच्च निकाय फिफा र अन्य सरोकार निकाय सॅग आवश्यक छलछल पछि निर्णय गर्ने जानकारी दिए ।

 

भेटघाटको अवसरमा दुबै अध्यक्षले मायाको चिनो र दुई देशको राष्ट्रिय टिमको जर्सी साटासाट गरेका थिए । यस्तै दुबै अध्यक्षले अमेरिका र क्युवा बीचको खेल सॅग सॅगै हेरेका थिए । नेशन लिग अन्तर्गतको खेलमा अमेरिकाले क्युवालाई ७-० गोलले पराजित गर्यो ।

Bhatta Law & Associate

२५ आश्विन २०७६, शनिबार ०४:१६ मा प्रकाशित