अमेरिकाको न्युयोर्कमा फेरी सामुहिक हत्या, ब्रुकलिनमा गोली चल्दा चारको मृत्य एक जुवा घरमा भएको गोलीकाण्डमा तीन जना घाइते

दूरबिन नेपाल     २५ आश्विन २०७६, शनिबार २१:५५    

अमेरिकाको न्युयोर्कमा फेरी सामुहिक हत्या, ब्रुकलिनमा गोली चल्दा चारको मृत्य

बद्रि गौतम, न्युयोर्क, दूरबिन नेपाल
चार जना घरबिहिनहरुको सामुहिक हत्या भएको एक हप्ता नबित्दै अमेरिकाको न्युयोर्कमा फेरी चार जनाको सामुहिक हत्या भएको छ । न्युयोर्कको ब्रुकलिनस्थित एक जुवा घरमा गोली हानाहान हुंदा चार जनाको मृत्यु भएको हो भने अन्य तीन जना गम्भिर घाइते भएका छन । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना ब्रुकलिनको बाट्रेड फ्रेम टाउन हाउसको एक जुवाघरमा भएको प्रहरीले जनाएको छ । सो जुवा घर अवैध भएको बताइएको छ । स्थानीयवासीले पहिले पनि सो जुवाघरको बारेमा उजुरी गरेको बताइएको छ । घटना शनिवार विहान साडे ६ बजेको हाराहारीमा भएको थियो । गोली चल्दा सो जुवाघरभित्र कम्तीमा १५ जना व्यक्तिहरु पासा र तास खेलिरहेको प्रहरीले जनाएको छ । न्युयोर्क प्रहरीका गुप्तचर प्रमुख डरमोट शियाले गोली चल्नुको कारण अझै पत्ता लाग्न नसकेको पत्रकार सम्मेलनमा बताएका छन । शियाका अनुसार गोली जुवामा विवाद भएर हो वा डकैतीको उद्धेश्यले हो भन्ने बारेमा अनुसन्धान भइरहेको छ । घटनाको प्रारम्भिक अनुसन्धान भइरहेकोले गोली एकजना वा सो भन्दा धेरैले चलाएको भन्ने यकिन हुन सकेको छैन । मृत्यु हुनेहरुको परिचय खुलाइएको छैन भने उनी ३२ देखि ४९ बर्षका रहेको भनिएकोछ । प्रहरीले गोली हानाहानमा बचेका मानिसहरुसंग पुछताछ गरिरहेको छ भने घटनास्थलमा रहेका सीसीटीभी फुटेजको अध्ययन गरिरहेको छ । घटनास्थल प्रहरी कार्यालय भन्दा दुई ब्लक पर रहेको बताइएको छ ।


न्युयोर्कमा एक हप्तामा दोस्रो सामुहिक हत्या
ब्रुकलिनको गोलीकाण्ड एक हप्तामा न्युयोर्कमा भएको दोस्रो सामुहिक हत्या हो । गत अक्टोबर ५ तारिखमा २४ बर्षीय एक घर बिहिनले फलामको पाइपले सुतीरहेका चार अन्य घरबिहीनहरुको विभत्स हत्या गरेका थिए । सो घटना म्यानहटनको चाइना टाउनमा भएको थियो ।

PlutonicTech

मेयर ब्लाजियोको ट्वीट

पछिल्लो घटनाबारे न्युयोर्कका मेयर बिल डे ब्लाजियोले ट्वीट गर्दै बन्दुक हिंशा बढेकोले यसको रोकथामको लागि सबै एक हुनुपर्ने बताएका छन । उनले अब बन्दुकको नियन्त्रणको विकल्प नरहेको ट्वीट गरेका छन । सामुहिक हत्या र बन्दुकबाट हुने हिंशाको दर कम मानिएको न्युयोर्कमा यो बर्ष यस्ता घटनामा बृद्धि भएपछि धेरैको चासो र चिन्ता बढेको छ ।


२५ आश्विन २०७६, शनिबार २१:५५ मा प्रकाशित