सिरियाली शिविरबाट आइएसका करिब ८०० आफन्त भागे

दूरबिन नेपाल     २६ आश्विन २०७६, आईतवार १६:५०    

Anil Baral Real Estate
पेरिस, २६ असोज (रासस÷एएफपी) : टर्कीले उत्तरपूर्वी सिरियामा हवाई आक्रमणलाई बढाएपछि उक्त क्षेत्रमा रहेका शिविरहरूमा लामो समयदेखि बस्दै आएका जिहादीका सयौँ आफन्तजन शिविरबाट भागेका समाचारहरू आइरहँदा यसप्रति फ्रान्सले चासो ब्यक्त गरेको छ ।
विगत केही दिन यता टर्कीले उक्त क्षेत्रमा हवाई आक्रमण गरेको छ भने यसका कारण कम्तीमा २८ सिरियाली कूर्दिस सर्वसाधारणको मृत्यु भएको छ
सिरियाली द्वन्द्वका कारण शिविरमा बस्दै आएका उनीहरूले टर्कीले चलाएको पछिल्लो कारबाहीपछि जीवन जोगाउनका लागि नै भागेका बेलायतस्थित सिरियाली मानब अधिकारवादी संस्थाले जनाएको छ ।
यसैबीच फ्रान्सले शिविरबाट भागेका कूर्दका विदेशी आफन्तहरू जिहादी रहेका र उनीहरूलाई शिविरबाट भाग्न बाध्य पारिएपछि आउनसक्ने गतिविधिप्रति टर्की जिम्मेवार बन्नुपर्छ,” फ्रान्स सरकारका प्रवक्ता सिवेथ नादियले फ्रान्स थ्री टेलिभिजनसँग भन्नुभयो ।  शिविरमा देखिएको भागाभागको स्थितिलाई तत्काल नियन्त्रणमा ल्याउनुपर्ने उहाँको धारणा थियो ।
विगत चार दिनमा टर्कीले सिरियाली सिमानामा गरेको हवाई आक्रमणमा परी मृत्यु हुने सर्वसाधारणको सङ्ख्या २८ पुगेको र शनिबार कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली मानव अधिकारवादी समूहले जनाएको थियो ।

२६ आश्विन २०७६, आईतवार १६:५० मा प्रकाशित