अमेरिकाको कोलम्बसमा सडक दुर्घटनामा दुई नेपालीको मृत्यु अन्य चार जना घाइते

दूरबिन नेपाल     २७ आश्विन २०७६, सोमबार १९:२०    

अमेरिकाको कोलम्बसमा सडक दुर्घटनामा दुई नेपालीको मृत्यु

दूरबिन नेपाल
अमेरिकाको ओहायो राज्यको कोलम्बसमा सडक दुर्घटना हुंदा दुई नेपालीको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जनापनि घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २४ बर्षीया अञ्जु विश्वकर्मा र कार चालक कुमारी विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये एक नेपाली महिला श्रृजना विश्वकर्मा समेत रहेको बताइएको छ । शुरुमा प्रहरीले मृतक चालक कुमारीको परिचय सार्वजनिक गरेको थिएन । उत्तरी कोलम्बसको सनबरी र मर्सी रोडको चोकमा भएको सो दुर्घटनामा कार अर्को कारसंग ठोक्किएको थियो । घाइते हुनेमा अर्का कारका चालक घानाका कोवी स्टीलवेल पनि रहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भिर रहेको बताइएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना शनिवार राती १० बजेको हाराहारीमा भएको थियो । दुर्घटनाको कारण अझै प्रहरीले खोजीरहेको छ ।


२७ आश्विन २०७६, सोमबार १९:२० मा प्रकाशित