नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बुढामाथि यौन दुर्व्यवहार आरोप  म्युजिक अवार्ड जिताइदिने र अमेरिका घुमाउने प्रलोभन देखाएर मोडल सँग यौन प्रस्ताव 

दूरबिन नेपाल     २९ आश्विन २०७६, बुधबार १४:०७    

नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बुढामाथि यौन दुर्व्यवहार आरोप 

अमेरिका, अक्टोवर १६ । नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बुढामगर माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । अमेरिकाको न्युयोर्कमा बस्ने सुमन यस अघि पनि विभिन्न प्रकरणमा विवादमा मुछिएका व्यक्ति हुन् । हाल नेपालमा रहेका सुमन माथि अमेरिकामा हुने एक कार्यक्रममा सहभागि महिलालाई अवार्ड जिलाइदिने र अमेरिका भ्रमणमा सहयोग गर्ने प्रलोभन देखाएर यौन प्रस्ताव गरेको आरोप सार्वजनीक भएको हो ।

 

जेनिफर पिनाशा भनिने छिरिङ डोमा शेर्पाले सुमनले आफुलाई पटक पटक मानसिक दवाव दिएको भन्दै सामाजिक संजालमा स्टाटस लेखेकी छिन् । दूरबिन नेपाललाई प्राप्त जेनिफर र सुमन बीचमा भएका फेसबुक च्याटका स्क्रिन सटमा सुमनले अवार्डमा टप थ्री सम्म पारिदिने र अमेरिकामा पनि सहयोग गर्ने भन्दै यौन प्रस्ताव गरेका छन् । दुई जना बीच भएको च्याटको स्क्रिन सट दूरबिन नेपाल सँग सुरक्षित छ ।

PlutonicTech

 

भएको के हो ?

 

वर्ल्ड कनेक्सन युएस इंक नामक संस्थाले गत जुन १६ मा ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’ को घोषणा गरेको थियो । सो अवार्ड कार्यक्रम  नोभेम्बर २३ तारिखमा न्युयोर्कमा हुने बताइएको छ । सुमन सो अवार्ड कार्क्रमय आयोजना गर्ने सस्थाको महासचिव हुन् । सस्थाले अक्टोबर १ का दिन अवार्ड समारोहका लागि उत्कृष्ट १० को सूची सार्वजनिक गरेको थियो ।

 

सार्वजनीक सुचना अनुसार अवार्डमा  तेह्र  विधा समावेस गरिएको थियो । उत्कृष्ट दशमा परेकाहरुबाट अनलाइन, एसएमएस भोटिङका आधारमा उत्कृष्ट तीनमा परेकालाई अमेरिका ल्याउने भनिएको थियो । सो तेह्र विधामा  उत्कृष्ट आधुनिक म्युजिक भिडियो मोडल पनि समावेस थियो । सोही विधाको मनोनयनमा परेकी बौद्धकी २२ वर्षीया जेनिफरलाई सुमनले पटक पटक  मानसिक तनाव र यौन दुर्व्यवहार हुने खालका म्यासेज पठाएका हुन् ।

Bhatta Law & Associate

 

दूरबिन नेपाललाई प्राप्त स्किन सर्टमा सुमनले जेनिफरलाई उत्कृष्ट दश भित्र पार्न आफुले ठूलो भुमिका खेलेको र अब शिर्ष तीनमा पार्न पनि सहयोग गर्ने लेखेका छन् ।  सुमनले ‘आइ लभ यु टु’ सम्म भन्न भ्याएका छन् र उनले हेलिकोप्टरमा मनाङ घुम्न जाने प्रस्ताव पनि गरेका छन् ।

 

सुमनले भगवान बुद्दको कमस खादै जेनिफरलाई तिमीलाई माया गर्छु भन्दै लेखेका छन् । सुमनको पटक पटकको म्यासेजबाट आफु मानसिक तनावमा परेको भन्दै जेनिफरले आयोजक सस्थालाई जानकारी  दिएकी थिइन् । संस्थाका प्रतिनिधिहरुले एकजनाका कारण सम्पूर्ण संस्था बदनाम हुने भएकाले घटना बाहिर नलैजान भनेको जेनिफरको भनाई छ । आयोजक  सस्थाले सुमनलाई जिम्मेवारीबाट निलम्बन गरेको सुचना समेत सार्वजनीक गरेको थियो ।

त्यसपछि सुमनले जेनिफरलाई स्वार्थी भन्दै मेसेन्जरमा ब्लक गरे ।  उल्टै सुमनले भोटिङको गोपनीयता भंग हुने गरी सामाजिक सञ्जालमा कुरा गर्ने गरेका र सामाजिक सञ्जालमार्फत् कार्यक्रमलाई प्रभाव पार्ने कार्य गर्न खोजेको भन्दै जेनिफर बिरुद्द काठमाडौं प्रहरीमा उजुरी दिए । त्यस पछि   जेनिफरले फेसबुक स्टाटस मार्फत सुमनका कर्तुत बाहिर ल्याएकी हुन् । जेनिफरले  सुमनले निरन्तर मानसिक दवाव र यौन दुर्व्यवहार गरेको आरोपसहित स्टाटस लेखेकि छिन् ।

 

सुमनले दिएको उजुरीमा ‘पहिले भएका कुराकानीलाई लिइ निजले मसँग पैसा माग्ने, ब्ल्याकमेलिङ गर्ने, सताउने, अमानवीय र अपमानजनक व्यवहार देखाउने’ गरेको  दाबी छ। सुमनले जेनिफरका दाइ पासाङ शेर्पाले पनि धम्काएको र रकम मागेको आरोप लगाएका छन्।

 

सुमन अहिले मिडियाको सम्पर्कमा आउन चाहेका छैनन् । अमेरिकाको न्युयोर्कमा बस्ने सुमन यस अघि पनि आर्थिक र यौन दुर्वयहारमा परेका ब्यक्ति हुन् । उनको ज्याक्सन हाईटमा टेलिफोन विक्रि वितरण गर्ने पसल छ । नेपाल अमेरिका कलाकार संघ अध्यक्ष सुमन विवाहित हुन् । उनी यस अघि कलाकार संघले आयोजना गरेको सास्कृतिक कार्यक्रमको हिसाव हिनामिना आरोप लागेको थियो । शुरुमा नेपाल तथा अमेरिकामा रहेका कलाकारहरुको  सहयोकका लागि आपत्कालिन कोष बनााउन भन्दै कार्यक्रम गरिएको थियो । तर कार्यक्रम सकिएको लगभग एक बर्ष हुदा पनि उनले हिसाब सार्वजनिक गरेका छैनन् ।

 

सुमनले पटक पटक विवादास्पद कार्य गर्दा पनि नेपाल अमेरिका कलाकार संघका अन्य पदाधिकारीहरुले आँखा चिम्लदै आएका छन् ।


२९ आश्विन २०७६, बुधबार १४:०७ मा प्रकाशित