शुभकामना कार्यक्रम नेताहरुलाई नजिक्याउने अवसर : सभापति देउवा

दूरबिन नेपाल     २९ आश्विन २०७६, बुधबार १४:५१    

शुभकामना कार्यक्रम नेताहरुलाई नजिक्याउने अवसर : सभापति देउवा

 काठमाडौँ, २९ असोज : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चाडवाडका अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान कार्यक्रमले राजनीतिक नेताहरुलाई नजिक ल्याउन मद्दत गर्ने बताउनुभएको छ ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशैँ, तिहारलगायत पर्वका अवसरमा आज भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा सरिक हुने क्रममा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले यस्ता कार्यक्रम नियमित हुनुपर्नेमा जोड दिनुभयो ।

PlutonicTech

 

पत्रकारसँग संक्षिप्तमा कुरा गर्दै सभापति देउवाले विपी कोइरालाबाट शुरु गरेको कार्यक्रम अहिले सबै पार्टीहरुले आयोजना गर्ने गरेको स्मरण गर्दै चाडवाडमा हुने यस्ता कार्यक्रमले भेटघाटकोे अवसर मिल्ने उल्लेख गर्नुभयो ।

(रासस)


२९ आश्विन २०७६, बुधबार १४:५१ मा प्रकाशित