आप्रवासीको सजायँ आइसीइले फिर्ता लिने धेरै आप्रवासीलाई राहत

दूरबिन नेपाल     ७ कार्तिक २०७६, बिहीबार ०१:४४    

Anil Baral Real Estate

दूरबिन नेपाल,
ओहायो ।
आइसिइले अध्यागमन अदालतबाट देश निकालाको आदेश पाइसकेको तर पक्राउ पर्ने त्रासले विभिन्न राज्यका चर्चहरूमा आश्रय लिइरहेका आप्रवासीहरू माथि लगाइएको सजाएँ फिर्ता लिने भएको छ । यसअघि आइसिइले गत जुनमा देश निकाला आदेश पाइसकेका सात महिलालाई अदालतको आदेश विपरीत कानुन उल्लङ्घन गरेको बताउँदै ३ देखि ५ लाख डलरसम्म जरिवाना गरेको पत्र पठाएको थियो ।

आइसिइले जरिवानासहितको सजाएँ फिर्ता लिएर सात जना महिलालाई सूचित गराइसकेको बताएको छ । आइसिइको जरिवाना विरुद्ध ओहायो चर्चमा बस्ने मेक्सिकन महिलाको प्रतिनिधित्व गर्दे अधिवक्ता लिज्बेथ मटेयोले जिल्ला अदालतमा मुद्दा समेत दर्ता गराएका थिए । मटियोले आइसिइले लगाएको जरिवाना अवैध रहेको बताउँदै पीडितहरूलाई धम्काउने कार्य कानुन विपरीत भएको अहिलेको अवस्थामा आफूहरूको जीत भएको बताएका छन् । आइसिइले भने कानुन उल्लङ्घन गर्ने आप्रवासीहरू अमेरिकामै रहेकोले कानुनको अधीनमा रहेर काम गर्ने बताउँदै जरिवानाको पुनर्मूल्यांकन हुन सक्ने तर्फ सचेत गराएका छन् । जरिवाना फिर्ता पश्चात् चर्चमा रहेका आप्रवासीहरू सामान्य जीवनतर्फ फर्कन सक्नेछन् । यद्यपि उनीहरू कुनै गम्भीर प्रकृतिको अपराध गरेको खण्डमा भने सिधै देश निकाला हुनेछन् ।


७ कार्तिक २०७६, बिहीबार ०१:४४ मा प्रकाशित