अमेरिकामा बस्ने लोक गायक सुमनको लीला : चार श्रीमती, चार सन्तान 

दूरबिन नेपाल     ७ कार्तिक २०७६, बिहीबार १३:२१    

अमेरिकामा बस्ने लोक गायक सुमनको लीला : चार श्रीमती, चार सन्तान 

अमेरिका, अक्टोवर २४ । झण्डै एक दशक अगाडि गायिका कोमल वलीले ‘पोइला जान पाम’ बोलको गीत बजारमा ल्याइन । सो गीत विवादित पनि बन्यो । सोही गीतको जवाफमा ‘पोइला जान पाम भन्नेलाई मैले लान पाम’ भन्ने गीत गाएर एकाएक चर्चामा आएका लोक गायक हुन सुमन बुढामगर ।

 

नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन अहिले फेरी  चर्चामा छन् । तर यसपटकको चर्चा उनको गायकीका कारण होइन । यौन दुराचार आरोपका कारण उनी चर्चामा आएका हुन् । शुरुमा उनलाई अमेरिकामा आयोजना गर्न लागिएको वल्ड नेपाली म्युजिक अवार्ड कार्यक्रममा सहभागि मोडललाई अवार्डको मनोनयनमा शिर्ष तीन भित्र पारिदिने र अमेरिका घुमाउन सहयोग गर्ने भन्दै यौन प्रस्ताव राखेको आरोप  सार्वजनीक भयो । सोलुखुम्बु स्थायी घर भइ हाल बौद्द बस्दै आएकी २२ बर्षीया छिरङ्ग डोल्मा शेर्पाले अवार्डका नाममा आफुलाई मानसिक दवाव दिएको र यौन प्रस्ताव राखेको भन्दै घटना बाहिर ल्याइन । सो घटना बाहिरिए पछि अवार्ड आयोजक संस्थाले सुमनलाई सबै जिम्मेवारीबाट बर्खास्त गरेको जनाएको छ ।

PlutonicTech

 

 

त्यस पछि भर्खरै मात्र नेपालमा उनको श्रीमती दावी गर्दै एक महिलाले लालनपालनको व्यवस्था हुनु पर्ने भन्दै जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएकी छिन् । सिडियो कार्यलयले जिल्ला प्रहरी कार्यलय र अध्यागमन कार्यलयलाई पत्र लेख्दै सुमनलाई अमेरिका जान तत्काल रोकि आवश्यक कारवाही गर्न निर्देशन दिएको छ ।

 

 

महिला र आर्थिक मामलामा सुमन विवादित व्यक्ति हुन् । व्यक्ति – व्यक्ति बीचमा कानेखुसी हुने भए पनि उनका गलत कार्य सार्वजनीक भने भएका थिएनन् । जानकारहरुका अनुसार सुमनले अहिले सम्म चार श्रीमती बनाएका छन् र ती चारै बाट सन्तान छन् । डोल्पाको तत्कालिन  शहरतरा गाँउ विकास समिति वडा नम्वर २ हाल काईके गाँउ पालिका वडा नम्वर २ का स्थायी बासिन्दा सुमन  विद्यालय पढ्दा नै एक छोराको पिता बनेका थिए । त्यस पछि तत्कालिन नेकपा माओवादीको शसस्त्र विद्रोहका कारण मुलुकमा संकटकाल लगाएका बेला सुमनले डोल्पा देखी गुल्मी बुर्तिबाङ ढाेरपाटन क्षेत्रमा खच्चडद्वारा ढुवानी व्यवसाय गरे ।

 

सुमनले  डोल्पाका सफल र चर्चित गलैचा व्यावसायी  लंकमा रोकायका  आफ्नो फुपाजु  भनेर चिनाउने गर्दथे । लंकमान त्यो क्षेत्रका कहलिएका व्यापारी हुन् । संकटकालका बेला सुमन सँग दुई लट खच्चड थिए । सोही क्रममा उनले डोरपाटन क्षेत्रमा शेरचन थरकी एक युवतीलाई मायाजालमा पारे । ती युवती बाट पनि एक छोरा छन् । संकटकाल सकिए पछि खच्चड बेचेर सुमन ती शेरचन थरकी युवती सँगै काठमाडौं बसाइ सरे । पारिवारिक स्रोतका अनुसार पछि ती महिला सँग सुमनको सम्वन्ध बिग्रियो । अहिले ती महिला आफ्ना छोरा सहित लण्डनमा सेटल भएकी छिन् ।

Bhatta Law & Associate

त्यस पछि सुमनले आफ्नै जिल्लाकी तारा रोकायलाई भगाएर विवाह गरे । ताराको तर्फबाट पनि एक छोरी छन् । अहिले तीनै ताराले आफु र बालबच्चाको लालनपालनको खर्च पनि नदिने  र त्यसबारेमा कुरा गर्दा धम्काउने  गरेको भन्दै कानुनी कारवाहीका लागि उजुरी दिएकी छन् ।

अमेरिकाको न्युयोर्कको ज्याक्सन हाइटमा मोवाइल पसल चलाएर बसेका सुमनले केही समय अगाडि मात्र अर्की नेपाली महिला सँग ज्याक्सन हाइटमा विवाह गरेका हुन ।  सुमनले ती महिला सँगको विवाह भोज समेत दिएका थिए । ती महिलाबाट पनि सन्तान भएको छ । नेपाल अमेरिका कलाकार संघको अध्यक्ष समेत रहेका सुमन यौन र आर्थिक विवादमा पटक पटक मुछिदै आएका व्यक्ति हुन् ।

अमेरिकामा उनी सामाजिक काममा पनि सक्रिय रहदै आएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचनमा उनी अध्यक्ष पदका उमेदवार सुर्य लम्शालको चुनाव क्यापेनियर नै थिए । यस्तै टेक्सासका कहलिएका व्यापारी पासाङ्ग शेर्पाले पहलमा आयोजना हुदै आएको युएन सम्मेलनमा पनि सुमन हर्ताकर्ता नै थिए ।  काठमाडौमा सम्पन्न एनआरएनए आइसीसीको विश्व सम्मेलन र निर्वाचनका लागि यस पटक सुमन नेपाल गएका हुन् । उनी एनआरएनएका उपाध्यक्षमा निर्वाचित सोनाम लामाको चुनाव प्रचारक थिए । सोनाम लामाको पनि अमेरिकाको ज्याक्सन हाइटमा व्यावसाय छ ।

नेपाल र अमेरिकामा कहलिएका व्यक्तिहरु सँगको संगतले पनि सुमनको गलत कार्य ढाकछोप हुदै आएको उनका सहयात्रीहरुको भनाई छ ।

फोटो : फेसबुकबाट


७ कार्तिक २०७६, बिहीबार १३:२१ मा प्रकाशित