एएफसीद्वारा एन्फालाई १० हजार डलर जरिवाना, नसच्चिए थप कारवाहीको चेतावानी 

दूरबिन नेपाल     ८ कार्तिक २०७६, शुक्रबार १४:३१    

Anil Baral Real Estate

अमेरिका, अक्टोबर २५ । एशियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फालाई दश हजार अमेरिकी डलर जरिवाना गर्नुका साथै सच्चिनका लागि अवसर दिएको छ । एन्फाले क्लब कप लाइसेन्सिङ नियमको दुरुपयोग गरेको एएफसीले ठहर गरेको छ ।

एएफसीले मापदण्ड नपुगेका क्बललाई समेत लाइसेन्स दिएको बताएको छ । एएफसीको नयाँ नियम अनुसार क्बलहरुले पनि लाइसेन्स लिनु पर्ने हुन्छ । २०१९ देखि अनिवार्य गरिएको लाइसेन्स लिनका लागि एएफसीले निश्चित मापदण्ड तोकेको छ । क्बलको आफ्नै प्रशिक्षण मैदान हुनु पर्ने, युथ एकेडेमी लगाएतलाई एएफसीले सर्त राखेको छ ।

नेपालका चर्चित क्लब मनाङ्ग मर्याङ्दी, थ्रीस्टार र त्रिभुवन आर्मी क्बलको लाइसेन्स प्रक्रिया प्रति एएफसीले चासो राखेको जनाइएको छ । एएफसीले लाइसेन्स वितरणमा भएको कमजोरी सच्याउन ३० दिनको समय तोकेको छ । नत्र थप २५ हजार अमेरिकी डलर र दुई बर्ष प्रतिवन्धको चेतावानी दिएको छ ।


८ कार्तिक २०७६, शुक्रबार १४:३१ मा प्रकाशित