अमेरिकामा अक्टोबरमा मात्रै सवा एक लाख रोजगारी थप

दूरबिन नेपाल     १५ कार्तिक २०७६, शुक्रबार २३:४०    

अमेरिकामा अक्टोबरमा मात्रै सवा एक लाख रोजगारी थप

वासिङ्ट्न, १५ कात्तिक

अमेरिकामा गत अक्टोबर महिनामा मात्रै एक लाखभन्दा बढी नयाँ रोजगारी सिर्जना भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार गत महिना अमेरिकी श्रम बजारमा एक लाख २८ हजार जनाले जागिर पाएका छन् । श्रम विभागले मासिकरूपमा तयार पार्ने गरेको रोजगारी विवरणमा अपेक्षित सुधार भएको देखिएको उल्लेख छ । यद्यपि अमेरिकाको बेरोजगारी दर भने बढेकै देखिएको छ । पछिल्लो विवरणका आधारमा ३.६ प्रतिशत बेरोजगारी दर बढेको देखिएको अधिकारीहरूले जनाएका छन् ।

PlutonicTech

रासस/एएफपी


१५ कार्तिक २०७६, शुक्रबार २३:४० मा प्रकाशित