न्युयोर्कका चालकमा तिब्र गतिको समस्या बढ्दो तीन महिनामा १० मिलियन भन्दा धेरै तिव्र गतिका कारण कारवाही

दूरबिन नेपाल     १९ कार्तिक २०७६, मंगलवार ०४:२९    

न्युयोर्कका चालकमा तिब्र गतिको समस्या बढ्दो

दूरबिन नेपाल, न्युयोर्क

कहिल्यै ढिलो नहुने शहरको उपनाम पाएको न्युयोर्कमा तिब्र गतिका कारण धेरै सडक दुर्घटनाहरु हुने गरेका छन । न्युयोर्कको वित्त विभागले केहि दिन अघि सार्वजनिक गरेको एक रिपोर्ट भने आश्चर्य लाग्दो छ । विद्यालय क्षेत्रमा हुने सडक दुर्घटनालाई कम गर्न न्युयोर्क राज्यले स्कुल क्षेत्रका सडकमा क्यामेराहरु जडान गरेको थियो । ती क्यामेराहरुलार्ई विद्यालय क्षेत्र गति क्यामेरा अर्थात स्कुल जोन स्पीड क्यामेरा भनिन्छ । सोही क्यामेराहरुले तीन महिनामा दस मिलियन भन्दा धेरै पटक नियम उलंघन गरेको प्रष्ट्याएको छ ।

PlutonicTech

 

सिगेट ब्लुभर्डमा सबैभन्दा धेरै उलंघन

शहरको सबैभन्दा धेरै गति उलंघनको घटना भएको क्षेत्र भने रकवेजमा रहेको सिगेट ब्लुभर्ड रहेको छ । सो क्षेत्रमा न्युयोर्क शहरले २८ हजार तीन सय ६८ उलंघनका घटनालाई क्यामेरामा कैद गरेको छ । क्यामेरा जडान गरेको १५ दिनमै ११ हजार आठ सय ४१ सडक गतिको नियम उलंघनका घटना देखिएका थिए । जसमा दिनमा औषत सात सय ८९ पटक गति उलंघनमा घटना भएका थिए । सडक पार गर्नको लागि छोटो बाटो प्रयोग गर्ने होडवाजीका कारण पनि तिव्रगतिको समस्या बढेको बताइएको छ ।

 

सेप्टेम्बरमा अघिल्लो महिनाको तुलनामा घटेर पांच हजार चार सय नौ थियो । सन २०१४ देखि १७ सम्म न्युयोर्कमा साढे तीन मिलीयन घटना गति उलंघनका थिए । तर पछिल्लो समयमा भने तिव्र गतिको नियम उलंघनका घटना तिब्र गतिले बढिरहेको तथ्यांकले देखाउंछ । न्युयोर्क राज्य सभाले विद्यालय क्षेत्रमा गति मापन गर्ने क्यामेराको संख्यालाई एक सय ४० बाट बढाएर सात सय ५० बनाउने बिलमा गभर्नर एण्ड्र्यु कुमोले गत मे महिनामा हस्ताक्षर गरेका थिए । ती क्यामेराहरुले विहान ६ बजे देखि राती १० बजेसम्म विद्यालय चालु रहेकोबेलामा अनुगमन गर्छन । ती क्यामेराहरु स्कुलको लगत्तै अगाढी नभएपनि नजिकैको दुरीमा जडान गरिएका छन ।

Bhatta Law & Associate

१९ कार्तिक २०७६, मंगलवार ०४:२९ मा प्रकाशित