राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रथम वार्षिक प्रतिवेदन प्रस्तुत

दूरबिन नेपाल     १९ कार्तिक २०७६, मंगलवार १३:२३    

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रथम वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ, १९ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको प्रथम वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

 

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा अध्यक्ष अन्सारीले आयोगले आव २०७५÷७६ मा सम्पादन गरेको वार्षिक कार्यप्रगति, भावी कार्यदिशा, मुसलमान समुदायको शिक्षाको अवस्था, समावेशिता कार्यान्वयनको पाटोलगायत विषयमा प्रस्तुतीकरण गर्नुभयो ।

PlutonicTech

 

नेपालको संविधानको धारा २६४ मा नेपालमा एक मुस्लिम आयोग रहने व्यवस्था छ । अध्यक्ष अन्सारीको अध्यक्षतामा विसं २०७५ चैतमा आयोगको गठन भएको थियो । गठनपछि आयोगले मुस्लिम समुदायमा विद्यमान लैङ्गिक विभेद र दाइजो प्रथाविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नाका साथै शैक्षिक जागरण अभियान चलाउँदै आएको छ । आयोगले निजामती सेवामा मुसलमान समुदायको प्रवेश सङ्ख्या बढाउन लोकसेवा तयारीका कक्षासमेत सञ्चालन गर्दै आएको छ ।
(रासस)


१९ कार्तिक २०७६, मंगलवार १३:२३ मा प्रकाशित