अमेरिकी सहयोग एमसिसी अनुमोदन हुन्छ : प्रवक्ता श्रेष्ठ

दूरबिन नेपाल     ४ माघ २०७६, शनिबार १४:५१    

अमेरिकी सहयोग एमसिसी  अनुमोदन हुन्छ : प्रवक्ता श्रेष्ठ

गलेश्वर, ४ माघ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने बताउनुभएको छ । राष्ट्रियसभा निर्वाचन प्रचारप्रसारको क्रममा म्याग्दीको सदरमुकाम बेनी आउनुभएका नेकपा सचिवालय सदस्य रहुनुभएका श्रेष्ठले बेनीमा कार्यकर्तालाई सम्बोधन गर्दै एमसिसी राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्नेछ भन्नुभयो ।

PlutonicTech

सरकार स्वतन्त्र परराष्ट्र नीतिको पक्षमा रहेको बताउँदै नेता श्रेष्ठले एमसिसीको बारेमा अनावश्यक टिकाटिप्पणी गर्न आवश्यक नरहेको बताउनुभयो । यसअघि आज बिहान प्रेस सङ्गठन म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा भने प्रवक्ता श्रेष्ठले एमसिसीबारे पार्टीले छिट्टै आवश्यक निर्णय लिने बताउनुभएको थियो ।

रासस


४ माघ २०७६, शनिबार १४:५१ मा प्रकाशित