रबि लामिछानेको पक्षमा अदालतको निर्णय 

दूरबिन नेपाल     ५ माघ २०७६, आईतवार १४:५२    

Anil Baral Real Estate

 काठमाडौँ । दूरबिन संवाददाता  – 


चितवनको एउटा होटलमा आत्म हत्या गरेका पत्रकार शालिकराम पुडासैनीलाई त्यो अवस्थामा पु¥याउन भूमिका खेलेको अभियोग लगाउदै सञ्चारकर्मी रबि लामिछाने विरुद्ध जिल्ला अदालत चितवनमा प्रहरीले दाखिला गरेको मुद्दामा अदालतले रवि लामिछानेलाई निर्दोष ठहर गरेको छ ।

गत साउन २० गते कोठामा पुडासैनीले आत्म हत्या अगाडि तयार पारेको भिडियोमा रबि लामिछाने, युवराज कँडेल र अस्मिता काकीलाई परिस्थितिको जिम्मेवार भनिएको थियो । जसका कारण प्रहरीले रबि लामिछाने लगायतलाई पक्राउ गरि अनुसन्धानका लागि जेलमा समेत राखेको थियो । अनुसन्धान पछि प्रहरीले आत्महत्या गराउन सञ्चारकर्मी लामिछाने सहित उनिहरुलाई जिम्मेवार रहेको ठहर गर्दै जिल्ला अदालतमा मुद्दा दायर ग¥यो । लामो बहस पछि  न्यायाधीश हेमन्त रावलको इजलासले उनीहरूलाई सफाइ दिएको चितवन जिल्ला अदालतले जनाएको छ ।
आत्महत्या दुरुत्साहन अभियोग लागेका लामिछानेका साथै युवराज कँडेल र अस्मिता कार्कीले पनि अदालतबाट सफाइ पाएको स्रेस्तेदार रुद्रमणि गिरीले सन्चार माध्यमहरूलाई बताएका छन्  ।

 

तस्बिर: गुगल


५ माघ २०७६, आईतवार १४:५२ मा प्रकाशित