रुसमा आवासीय भवनमा आगलागी, एघारको मृत्यु

दूरबिन नेपाल     ७ माघ २०७६, मंगलवार १२:४६    

Anil Baral Real Estate

मस्को, ७ माघ : रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

 

स्थानीय समयानुसार मङ्गलबार बिहान ७ बजे भएको यस घटनाका पीडित एघार व्यक्तिको शव निकालिएको आपतकालीन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठले बनेको यस भवन मङ्गलबार आगलागी भएको र अन्य दुई जना भाग्न सफल भएका थिए ।
आगलागीको कारण आपराधिक हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरेहको आपतकालीन मन्त्रालयले जनाएको छ ।
(रासस/सिन्ह्वा)


७ माघ २०७६, मंगलवार १२:४६ मा प्रकाशित