“ठगलाई झापड नहानेर के गर्ने” : सांसद दिपक मनाङ्गे 

दूरबिन नेपाल     ८ माघ २०७६, बुधबार १३:२९    

Anil Baral Real Estate

 

 

पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका गण्डकी प्रदेशका सांसद दिपक मनाङ्गे (राजिव गुरुङ्ग) ले अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ्गलाई कुटेर कुनै नल्ती नगरेको बताएका छन् ।

मुख्यमन्त्री कपमा टिम सहभागिताको विषयलाई लिएर सांसद मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष मिलनलाई म‌ंगलवार कुटपिट गरेका थिए ।

बुधवार पोखरामा पत्रकार सम्मेलन गर्दै सांसद मनाङ्गेले आफुले ठगलाई झापड हानेकोमा ठूलो इसु बनाइएको बताए । ‘हिजो पनि पूर्व  प्रधानमन्त्रीलाई जनताले चपल हानेकै हुन्, त्यस बेला सबैले “वाह-वाह” भनेकै हुन्, अहिले किन ठूलो इसू बनाइएको हो ।’

सांसद मनाङ्गेले एन्फा अध्यक्ष मिलनले ठगि गरेको र त्यस्ता ठगलाई झापड हान्नुको विकल्प नभएको दावी गरे । ‘उसले ठगेको हो, ठगलाई झापड नहानेर के गर्ने ? फुलमाला लगाउने ? यस्तो मान्छेलाई पुलिकोमा लाने होइन, झापड नै हान्ने हो, हामीले पुलिसलाई डिस्टर्भ गर्न हुदैन् ।’

प्रदेशको कानुन बनाउने निकायमा रहेका मनाङ्गेले कुटपिटको घटनाबाट आफुलाई कुनै ग्लानी नभएको बताए । ‘झापड हानेर मलाई त ठिकै लागेको छ तपाईलाई ठिक नलाग्नु त्यो तपाइको समस्या हो । मलाई राम्रो लागेको छ तपाइलाई राम्रो लागेन भने लेख्नस न ।’

 

दिपक मनाङ्गे गुण्डागर्दीमा सहभागि हुदाँ हुदै सांसद भएका हुन् । यो घटनाको वियषमा सत्तारुढ नेकपाको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।


८ माघ २०७६, बुधबार १३:२९ मा प्रकाशित