बायाँ गोडा गुमाए डा दाहालले अङ्ग गुमाए पनि कृति जन्माउदै 

दूरबिन नेपाल     १८ माघ २०७६, शनिबार ०६:५३    

Anil Baral Real Estate

 दूरबिन संवाददाता ।
काठमाडौँ । 


चर्चित लेखक साहित्यकार डाक्टर दुर्गा दाहालको यस पटक नेपाल भ्रमण निक्कै दुखदायी भएको छ । लामो समय देखि अमेरिकामा प्राध्यापन पेशामा रहेका दाहाल नेपालका बिभिन्न ठाउँमा पुगेर काठमाडौँ फर्किपछि बायाँ खुट्टा गुमाउनु भएको छ । सामान्य खानपिन गरेर सुतेका डाक्टर दुर्गा दाहालको बिहान उठ्दा खुट्टामा समस्या देखियो । उपचारका लागि अस्पताल जाँदा तत्काल बायाँ खुट्टा काट्नु पर्ने डाक्टरहरूले सुझाव दिए ।  डाक्टर दाहालको बायाँ खुट्टाको गोलीगाँठो भन्दा तलको भाग काटिएको छ । दूरबिन नेपालसँगको छोटो कुराकानीमा दाहालले भने “मलाई लामो समय देखि डाइबेटिजको समस्या थियो । त्यसैका कारण बायाँ खुट्टा गुमाउनु प¥यो । अमेरिका फर्किएपछि कृत्रिम खुट्टा लगाउने सोचाइमा छु ।” 

 अङ्ग गुमाउनु पर्दाको चोट र पीडामा रहेका दाहालको इच्छाशक्ति भने अद्‌भुत छ । यस्तो बेलामा पनि डाक्टर दाहाल आफ्नो नयाँ कविता संग्रह सार्वजनिक गर्ने तयारीमा हुनुहुन्छ । अनुभवका अनुभूतिहरू नामक कविता संग्रहको विमोचन माग २६ गते आइतबार अनामनगर स्थित बोकाभात रेष्टुरामा गर्ने समय तालिका समेत सार्वजनिक भइसकेको छ । अङ्ग छेदन गरेर शारीरिक रुपमा कमजोर भएपनि दाहालले जन्माउन लागेको कविता संग्रहले भने नेपाली साहित्य क्षेत्रलाई बल पु¥याउने छ । प्राध्यापक डाक्टर दुर्गा दाहाल सबै विधामा उत्तिकै कलम चलाउनुहुन्छ ।    

cover dr


१८ माघ २०७६, शनिबार ०६:५३ मा प्रकाशित