थाइल्याण्डमा एक सैनिकद्वारा सामुहिक हत्या (मास सुटिङ), कम्तीमा २१ जनाको मृत्यु हत्यारा थाइ सैनिकपनि मारिए

दूरबिन नेपाल     २६ माघ २०७६, आईतवार ०४:३५    

Anil Baral Real Estate

दूरबिन नेपाल
दक्षिणपूर्वी एशियाको थाइल्याण्डमा एक सैनिकले कम्तीमा २१ जनाको हत्या गरेका छन । थाइल्याण्डको पूर्वी क्षेत्रमा रहेको एक मलमा भएको सो घटनामा थाई सैनिकले अन्धाधुन्ध गोली चलाएका थिए जसले २१ निर्दोष सर्वसाधारण मारिएका छन । घटना थाइलयण्डको पिछडीएको क्षेत्र दक्र्षीणपूर्वी क्षेत्रमा रहेको नाखोन रच्तासिमा मलमा भएको हो । प्रहरीको जवाफी कारवाहीमा हत्यारा ती सैनिकको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय समाचारहरुमा जनाइएको छ । प्रहरीले बन्धक बनाइएका आठ जनाकोपनि उद्धार गरेको छ भने सो घटनामा अन्य ३१ जनापनि घाइते भएका छन ।

थाई प्रहरीका अनुसार शनिवार दिउसो ३ बजे भएको सो घटनाका मुख्य आरोपी सैनिकले क्याम्प छिर्नु अघि सो घटना गराएका थिए । सो घटना भन्दा अघि ती सैनिकले एक घरमा आगो समेत लगाएका थिए । जाकारपन्थ थोम्मा नामक ३२ बर्षीय सैनिकले के कारण त्यस्तो विभत्स हत्या गरेभन्नेबारे अझैपनि असुनसन्धान भइरहेको थाइ सुरक्षा अधिकारीहरुले बताएका छन । हत्यारा भनीएका ती सैनिकले शुरुमा दुइजनाको हत्या गरेर मलमा छिरेका थिए । कतिपयले भने आर्थिक कारणले ती सैनिकले सो घटना गराएको अनुमान गरेका छन । घटनाको थप विवरण आउंन बांकी नै छ ।

एजेन्सीको सहयोगमा


२६ माघ २०७६, आईतवार ०४:३५ मा प्रकाशित