नीति र नियती विच फसेको शुक्रांणु महरा प्रकरण, चलचित्रको कथा र वास्तविकता ?

दूरबिन नेपाल     ९ फाल्गुन २०७६, शुक्रबार ०४:५७    

Anil Baral Real Estate

समाचार समिक्षा

दूरबिन नेपाल
भ्यालेण्टाइन डे का दिन पारेर १४ फ्रेब्रुवरी, २०२० मा प्रर्दशनमा आएको विष्णु देव हल्दार निर्देशित कम बजेट तथा समान्य कलाकारद्धारा अभिनीत हिन्दी फिल्म “शुक्रांणु” सरकारले गलत नीति अवलम्बन गर्दा आफ्नो सामान्य जिवनयापन गरिरहेका आम नागरिकको जिवनमा कसरी असाधारण समस्या आइ पर्दछ भन्ने सन्देशलाई प्रवाह गरेको छ । संयोग नै मान्नु पर्दछ यो फिल्म हेरेकै दिनमा पत्र पत्रिकामा बलात्कार प्रयास मुद्धामा थुनामा रहेका पूर्व सभामुख कृष्ण बहादुर महरा निर्दोष ठहरीदै आदालत बाट सफाई पाएको समाचार आयो । माथि उल्लेखित दुई मुद्धाका विषयबस्तुको भूगोल, पृष्ठभूमी, र परिवेश नितान्त फरक छ । एउटा रील कहानी हो भने अर्को रीयल घटना हो । यस आलेखमा रील र रीयल कहानीको केही पक्षको समिक्षा मात्र गरिएको छ ।
प्रसँग सुरु गरौं रील स्टोरी भारतीय फिल्म शुक्रांणुको कथा बाट,
सन् १९७५ मा इन्दिरा गान्धीको प्रधानमन्त्रीत्वकालमा भारतको विकासको मुख्य चुनौति “शुक्रांणु” लाई मान्दै देशमा आपतकाल घोषण गरेर नश्लबन्द कार्यक्रम लागु गरियो । यो योजनाका भीषण योजनकार थिए, संजय गान्धी । केही स्रोतका अनुसार १ वर्षको समयावधीमा ६ दमलव २ मिलियन भारतीय पुरुष (स्वइच्छा या जवरजस्ती) को नश्लबन्द गरिएको थियो । यही नस्लबन्दको नीतिलाई केन्द्रीय विषयबस्तु राखेर बानाइएको फिल्म हो, शुक्रांणु । चलचित्रमा “इन्दर” नामका युवा पात्रको जिवनमा सरकारको नश्लबन्द नीति ले पारेको असरलाई देखाइएको छ । इन्दर विवाह गर्ने उमेर भएको युवा हो । जो शहरमा कारखानामा सुपरभाइजरको रुपमा कार्यरत छ । विवाह गर्नका लागी भनेर शहरबाट गाँउमा रहेको आफ्नो घर जानेक्रममा बाटो बाटै उसलाई प्रहरीले जबरजस्ती उठाएर नश्लबन्द क्यापमा लग्दछन् । उसले आफू अविवाहित भएको जिकिर गर्दछ । त्यहाँ बाट उम्कन भरमग्दुर कोशिस गर्दछन् । तर नश्लबन्द क्याम्पमा खटिएका स्वास्थ्य कर्मीहरुले उसलाई छोडेमा सरकारले भने अनुसारको संख्यामा नश्लबन्द गर्न नसकेको दोष आफूलाई लाग्ने भन्दै कोटा पुुर्याउनका लागी भए पनि इन्दरको नश्लबन्दी गरिदिन्छन् । तत् पश्चात उनी घर पुग्छन् । आफ्नो नश्लबन्द भएको कुरा घर परिवारमा भन्न सक्दैनन् । पूर्व निधारीत कार्यक्रम अनुसार इन्दरको विवाह हुन्छ । केही महिनाको बसाई पश्चात छिट्टै विदा मिलाएर आउने भन्दै श्रीमति सँग विदा भएर कर्मथलो र्फकन्छन्, इन्दर । यस विचमा इन्दर र श्रीमती विच चिठ्ठी चपेटा मार्फत मायाप्रेम साटासाट भइरहन्छ । श्रीमान—श्रीमती विच प्रेमिल सम्बन्ध हुन्छ । जव, श्रीमतीले आफू दुइजीउँको भएको खवर चिठ्ठी मार्फत इन्दरलाई जनकारी गराउछिन् तव इन्दर एकाएक श्रीमतीको नीयत माथि शंका गर्दछ । आफ्नो श्रीमतीको कोखमा हुर्कदै गरेको बच्चाको शुक्राणु आफ्नो नभएकोमा इन्दर विश्वस्त छ । यो बुझाईमा इन्दर कहि कतै गलत देखिदैन । किनकी इन्दर स्वयमलाई थहा छ कि उसको नश्लबन्द गरिएको छ । यसै विचमा श्रीमतीले आफ्नो विश्वास लाई घात गरेको ठहर गर्दै इन्दर पनि परस्त्रीतर्फ आर्कषित हुन्छ । परस्त्रीसँग प्रेम गर्दछ, शारिरिक सम्र्पक स्थापित गर्दछ । यसैको सेरोफेरोमा फिल्मको कथा अगाडी बढेको छ । नश्लबन्द क्यम्पमा रहेका स्वास्थ्यकर्मीहरु गुणत्मकता भन्दा संख्यात्मक लक्ष्य हाँसिल गर्न प्रेरित देखिन्छन् । जव इन्दरले आफ्नो नश्लबन्ध ठिक हिसावले नभएकले उसको सन्तान उत्पादन गर्ने क्षमतामा ह्रास नभएको थाहा पाउँछन्, त्यो बेला निकै अवेर भइ सकेको हुन्छ । इन्दरका लागी परस्त्रीसँगको प्रेम निकै जटिल अवस्थामा पुगि सकेको हुन्छ ।
यहाँ, चर्चा गर्न के खोजिएको छ भने राष्ट्रले नीति, नियम, कानुन, या कार्यक्रमहरु निर्माण एवम् लागु गर्दा त्यसको संवेदनशीलता र दुरगामी प्रभावको बारेका गहन अध्ययन, विश्लेषण, र बहश नगरि आवेग, संवेग, र प्रतिशोधको आधारमा ल्याइन्छ भने त्यसता नियम या कार्यक्रमले जनकल्याण एव राष्ट्र विकाशको हित भन्दा बढि समाजिक समास्याहरु निम्त्याउन सक्छ भन्ने सन्देश हो, “शुक्रांणु” । चलचित्रमा सरकारको नियमले निमत्याएको इन्दरको नियतीले यही कुरा दर्शाउछ ।
अव चर्चा गर्रौ रियल स्टोरीको । रोशनी बलात्कार प्रयासको मुद्धामा नेपालको प्रतिनिधिसभाका तत्कालीन सभाध्यक्ष कृष्ण बहादुर महरा प्रहरी हिरासतमा पर्दछन् । उनी माथि बलात्कार प्रयासको मुद्धा चलाइन्छ । सोही अभियोगको आधारमा राष्ट्रिय जिम्मेवारीबाट अलग रहन लगाइन्छ । जेल पठाइन्छ । त्यही विचमा पिडित हो भनिने पात्रले बयान फेर्छिन । महरा निर्दोष भएको सार्वजनिक वकालत गर्दछिन । अन्तत्ः घटना घटेको दिन महरा, रोशनीको घरमा नै नगएको भन्दै अदालत बाट सफाई पाउछन् । किन, महरा दोषी छन् या उनी निर्दोष हुदाँ–हुदै राजनीतिक षडयन्त्रका कारण फसाउने असफल प्रयास गरियो भन्ने विषय यो आलेखको विषयबस्तु हुदै होइन । यहाँ महिला सम्मान प्रति कुनै ठेस पुर्याउनु उद्देश्य पनि राखिएको छैन । तथापी महिला पुरुषको भनौं या श्रीमान–श्रीमती वीचको सम्वन्धका बारेमा जुन किसिमको कानुनको व्याख्या छ । त्यो व्याख्यामा व्यावहारिकता लाइ भन्दा भावनात्मकता र आवेगता लाई महत्व दिइएको जस्तो लाग्दछ । जसको मारमा कानुन पारित गर्ने प्रमुख ब्यक्ति नै शिकार बन्न पुगेको देखिन्छ । अदालतबाट क्लिन चिट पाएसँगै विभिन्न खाले चर्चा परिचर्चा हुन थालेको छ । एक थरीले अदालतको फैसालमै शंका गरेका छन् भने अर्का थरीले राजनीतिक षडयन्त्रको शिकार बानाइएका महरा सर ले न्याय पाएको मानेका छन् । यो त भयो पक्ष विपक्षको बुझाई । अदालत बाट साफई पाएसँगै सो मद्धामा कानुनी रुपमा उनी निर्दोष सावित भए । तर सामाजिक र राजनीतिमा उनको स्थान कहाँ रहला ? सामाजिक जीवन र राजनीतिक छवी पहिलेको जस्तै रहला ? के हिजो कै जिम्मेवारीमा पुर्नवहाली होलान त ? हुदैनन् या स्वीकारीदैनन्, भने यसको क्षतिपूर्ती के र कसले दिने ? कसैको लहडमा, कसैको उक्साहटमा, या कसैको बदनीयतमा बेकुुुुसरलाई कसुरवार बानाउदै उसको सार्वजानिक मर्यादा एमव् आत्मसम्मानको बलात्कार प्रयास गर्नेलाई सजाय हुने कि नहुने? हुने हो भने महराको सफाई सँग अर्को पक्ष सजायको स्वत भागेदार हुनु पर्ने हो की होइन? यी र यस्ता प्रश्नहरुको उत्तर अव नीतिगत रुपमै खोजिनु जरुरी छ ।
रील स्टोरीमा इन्दरले श्रीमती परपुरुष मार्फत गर्भवती भएकी भन्दै अफू पनि परस्त्री तर्फ आर्कषण हुन्छ । सम्वन्ध स्थापीत गर्दछ । अन्तमा त्यो स्त्री पनि गर्भवती हुन्छे । इन्दर र दुवै महिला पात्रहरुले पद्दती एवम् प्रकृयामा भएको प्राविधीक त्रुटिलाई स्वीर्काछन् । इन्दरले दुवै महिलाहरुलाई श्रीमतिको रुपमा स्वीकार्छ । बालबच्चा सहित खुशहाल भविष्य जिउंछ । चलचित्रको हयाप्पी इण्ङ्गि हुन्छ । रीयल स्टोरीमा, नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक र कर्तब्य अन्र्तगत न्याय सम्वन्धी हक (५) ले उल्लेख गरे बमोजीम “कुनै अभियोग लागेको ब्याक्तिलाई निजले गरेको कसुर प्रमाणि नभए सम्म कसूदार मानिने छैन” भन्ने स्पष्ट उल्लेख छ । अदालत ले वेकसुर भनी फैसाला गरे पछि, के महराले पनि पुन पहिलाको जत्तिकै जिम्मेवारीमा फकेर्र फेरी हयाप्पी इनिङ्गको शुरुवात गर्लान त?


९ फाल्गुन २०७६, शुक्रबार ०४:५७ मा प्रकाशित