टेक्सासको लवकमा अमेरिकी जनगणना सम्वन्धि चेतना कार्यक्रम

दूरबिन नेपाल     २० फाल्गुन २०७६, मंगलवार ०३:१५    

Anil Baral Real Estate

अमेरिका । गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिका र लवक नेपाली समाजको संयुक्त आयोजनामा अमेरिकामा भइरहेको जनगणना सम्वन्धि एक विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

 

आउदो अप्रिल ४ देखि आरम्भ हुने अमेरिकी जनगणना कार्यक्रममा सवै नेपालीहरुले अनिवार्य सहभागी हुनु पर्ने वताउदै एनआएन अमेरिकाजका अध्यक्ष सुनिल साहले त्यसले समग्र नेपालीलाई फाइदा हुने वताए ।

 

कार्यक्रममा चालु नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारलाई समेत लक्षित गरेपनि विश्वभर फैलदै गरेको कोरोना भाइरसको संक्रमणका  कारण  नेपाल सरकारले तत्कालको निम्ति प्रचारलाई स्थगन गरिएकोले कार्यक्रम जनगणनामा बढि केन्द्रित गरिएको थियो ।

 

अन्तर्क्रियात्मक कोणवाट सञ्चालित कार्यक्रममा लवक नेपाली समाजका अध्यक्ष डा. प्रकाश श्रेष्ठले फैलदै गरेको कोरोना भाइरस र त्यसवाट जोगिने उपायको वारेमा जानकारि गराएका थिए भने तत्कालको निम्ति भ्रमण वर्षलाई उपलव्धिमूलक बनाउन आन्तारिक पर्यटनमा जोड दिनु पर्ने वताए ।

 

एनआएन अमेरिकाज क्षेत्रका डिआरसि राम सि. पोखरेलले पनि वर्तमान एनआरएनको योजना र पयर्टनलाई प्रवर्धन गर्न एनआरएनले सवैसॅग सहकार्य गरेर अघि वढ्ने वताए ।

लवक नेपाली समाजका पूर्व अध्यक्ष डा.माधव पाण्डेले लवक नेपाली समाजको विगत देखि वर्तमानसम्मको अवस्था माथि विस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

कार्यक्रममा  नेपाल अमेरिका पत्रकार संघ (नेजा) का पूर्व अध्यक्ष भोला आचार्य, नेपाली सोसाइटी अफ टेक्सासका वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले, व्लडा डोर्नस एसोशियसन अमेरिका उपाध्यक्ष रेशम घर्ती मगरले आ– आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

 

कार्यक्रमको नेजा महासचिव किरण मरहठ्ठाले सञ्चालन तथा सहजीकरण गरेका थिए ।

 

सोही कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले डा. प्रकाश श्रेष्ठलाई टेक्सास च्याप्टरको सदस्यकोरुपमा सपथग्रहण गराएका थिए ।

 

यस्तै लवकमै पहिलोपटक पाइला टेकेकी नेपाली रत्न अधकिारीलाई स्थापनाकाल देखि नै लवक नेपाली समाजलाई निरन्तररुपमा सामाजिक र सांस्कृतिक योगदान पूर्याएवापत  लवक नेपाली समाजले कदर पत्र प्रदान गरेका छन ।

 

कार्यक्रम वाल गायिका लोकश्री आचार्यको माया किन लाग्छ वोलको गीतको लोकार्पणसॅगै सांस्कृतिक माहोलमा जोडिएर समापन भएको थियो ।


२० फाल्गुन २०७६, मंगलवार ०३:१५ मा प्रकाशित