स्याक्रामेन्टाेमा नाफ्का प्रतिभा साँझ सम्पन्न

 सुदर्शन नेपाल     २० फाल्गुन २०७६, मंगलवार १७:४६    

Anil Baral Real Estate

 सुदर्शन नेपाल- स्याक्रामेन्टाे –

नेपाली कला संस्कृतिकाे जगेर्ना एंव ग्रेटर स्याक्रामेन्टाे आसपास बसाेबास गर्ने नेपाली कलाकारकाे भव्य प्रस्तुति बिच “नाफ्का प्रतिभा साँझ सम्पन्न भएकाे छ ।

नेपलिज एण्ड फेन्ड्स कल्चरल एसाेशियसन (नाफ्का) काे आयाेजनामा क्यालिफाेर्निया राज्यकाे स्याक्रामेन्टाेमा हालै आयाेजना गरिएकाे साे प्रतिभा साँझ कार्यक्रममा नेपाली गित संगीत, नृत्य प्रतुत गरिएकाे थियाे । कार्यक्रममा उल्लेख्य मात्रामा सयाैँ नेपालीहरुकाे सहभागिता रहेकाे थियाे ।

नाफ्काले स्थानिय नेपाली कलाकारकाे प्रतिभालाई साे कार्यक्रम मार्फत अघि बढाएकाे कार्यक्रमका संयाेजक शान्ति पाैड्यालले बताईन । उनका अनुसार हरेक बर्ष नाफ्काले नेपाली कला संस्कृति एंव प्रतिभालाई परिस्कृत बनाउन यस्ताे कार्यक्रम गर्दै आएकाे छ। स्याक्रामेन्टाे वरिपरि रहेका नेपालीहरुकाे सक्रियतामा सन् १९९८ मा नाफ्का स्थापना गरिएकाे थियाे । कार्यक्रममा गित नृत्यकाे साथै स्थानिय कलाकारहरुकाे वेजाेड प्रस्तुति रहेकाे थियाे ।


२० फाल्गुन २०७६, मंगलवार १७:४६ मा प्रकाशित