नेपालमा अमेरिकी दुतावासको रबैया , पैसा लिने भिजा नदिने

प्रा. डा. दुर्गा दाहाल     २२ फाल्गुन २०७६, बिहीबार २१:४३    

Anil Baral Real Estate
प्रा. डा. दुर्गा दाहाल 
म अमेरिकी नागरिक पनि हूँ तर मन सँधै नेपालीनै छ । अमेरिकी नागरिक र नेपाली मन भएका हैसियतले चित्त नबुझेको कुरा लेख्ने जमर्को गरेको हूँ ।
नेपाल नेतृत्वहीन देश हो भन्दा मलाई पनि दु:ख लाग्छ तर यथार्थ हो यो मेरो भनाई ।
उतिखेर आसामको विश्वविद्यालयमा पढदा मेरो एउटा असमीया साथीले “ नेपाल तस्करहरू, लुटेराहरू गएर बस्ने देश हो ।” भन्दा मलाई नमीठो संवेदनाको महसुस भएको थियो तर आज मलाई आज त्यो साथीले सत्यकुराको उद्घाटन गरेको रहेछ भन्ने कुरा महसुस  भई रहेको छ ।
नेपाल एउटा सुन्दर देश भएता पनि  असल नेतृत्वको कमीले गर्दा काकाकूलको जीवन बाँचि रहेको स्थिति विद्यमान छ । हरेक दिन नेपालीहरू विदेशिन पाए हुन्थ्यो भन्ने मनस्थितिमा छन र विभिन्न देशका दुतावासहरूमा आफ्नो निवेदन दर्ता गराउँछन । तर, दुर्भाग्यवश नेपालीहरूलेअमेरिकाको प्रवेशाज्ञा (visa) सहजै  पाउँदैनन किनभने दरिद्र देशका नेपाल नागरिकहरू निरीह छन । नेपालीहरूका पक्षमा नेपाल सरकारनै बोल्ने क्षमता राख्दैन ।
हरेक दिन अमेरिकी दुतावासले नेपाली नागरिकहरूबाट ठूलो रकम असुल्ने गर्छ र आफ्नो पंजामा लिने गर्छ तर भिजा दिंदैन ।
किन भिजा दिएन भन्ने कुराको कुनै कारण नखुलाई एउटा काग़ज़, एउटै किसिमको व्यहोरा भएको, सबैलाई थमाई दिने गर्छ । भिजा दिने अथवा नदिने उसको तजबीजको कुरा हो तर कारण खुलाएर काग़ज़ दिए आवेदकलाई ढुक्क हुने थियो तर यथार्थमा त्यसो हुँदैन । अतएव, झिनो आशा बोकेर त्यही आवेदकले दोश्रो अथवा तेश्रो पटक आवेदन दिन्छ तर अधिकाँशलाई हात लाग्छ शुन्य । तसर्थ, यो अमेरिकाको ”दादागिरी” हो । यसको शीघ्रातिशीघ्र अन्त्य हुनु पर्छ ।
आवेदकले बुझ्न पाउनु पर्छ कि उसको निवेदन किन अस्वीकृत भयो । “ हाम्रो अध्यागमन नीतिले ( our immigration policy denies you ) यहाँलाई प्रवेशाज्ञा ( visa ) दिएन भनेर उम्किन पाउनु हुन्न अमेरिकी दुतावासले । हामी हरेक देशको अध्यागमन नीतिको सम्मान गर्छौँ तर क़ानून सम्मत र व्यवहारिक हुनु आवश्यक छ ।
* लाछी नेपाल सरकार
नेपाल सरकार लाछीहरूको संगठन हो भन्दा अत्युक्ति नहोला । नेपालका कुनै पनि सरकारहरू जनता प्रति कहिल्यै संवेदनशील भएनन । जो जहिले जसरी पनि नेपाल आएर नेपाल र नेपाली जनतालाई चुसे पनि यो लाछी सरकारलाई आपत्ति छैन ।
अत: यहाँको लोकप्रिय पत्रिका मार्फत यो विषयप्रति अमेरिकी दूतावास, नेपाल सरकार र निर्दोष नेपाली जनताको ध्यानाकर्षण गराउन चाहन्छु । यो अत्यन्त संवेदनशील विषय पनि हो ।

२२ फाल्गुन २०७६, बिहीबार २१:४३ मा प्रकाशित