कोरोना भाइरसविरुद्ध ट्रम्पको आक्रामक निर्णयः युरोपसंग यात्रा विच्छेद विश्व स्वास्थ्य संगठनद्वारा कोभिड १९ लाई विश्वव्यापी महामारी घोषणा

दूरबिन नेपाल     २९ फाल्गुन २०७६, बिहीबार ०२:१७    

Anil Baral Real Estate

 

दूरबिन नेपाल, न्युयोर्क
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युरोप र अमेरिकाको सबै यात्रालाई विच्छेद गरेका छन । अमेरिकामा कोरोना भाइरसको फैलावट तिब्र भएपछि राष्ट्रपति ट्रम्पले युरोपसंगको यात्रा प्रतिबन्ध जस्तो आक्रमक निर्णय गरेका हुन । ह्वाइट हाउसबाट बुधबार सांझ सम्बोधन गर्दै ट्रम्पले अमेरीकी तटमा कोभिड १९ को रोकथामको लागि सो कदम चालिएको बताएका हुन । यात्रा प्रतिवन्ध ३० दिन सम्म लाग्नेछ । भने शुक्रवारबाट लागु हुनेछ । सो अवधिमा युरोपबाट अमेरिका यात्रा रोकिने छ । यात्रा प्रतिबन्धमा संयुक्त अधिराज्य अर्थात बेलायत भने सामेल हुने छैन । यसअघि चीन र इरानमा यात्रा प्रतिवन्ध लागिसकेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गर्यो
कोरोना भाइरसको प्रभाव संसारभरी फैलिदै गएपछि विश्व स्वास्थ्य संगठनले कोभिड १९ लाई विश्वव्यापी महामारीको घोषणा गरेको छ । बुधबार विश्व स्वास्थ्य संगठनले आज मुख्यालय स्वीट्जरल्याण्डको जेनेभामा प्रेस ब्रिफिङ गर्दै सो घोषणा गरेको हो । ब्रिफीङका क्रममा संगठनका निर्देशक टेड्रोस अडानोम गेब्रियसले दुइ सातामा चीन बाहिर संक्रमितहरुको संख्या र मुलकको संख्या तीन गुणाले बढेको र यसले विश्वव्यापी महामारीको रुप लिएकोले विश्वव्यापी महामारी घोषणा गरिएको बताए ।
कोरोना भाइरसका कारण अमेरिकामा ११ सय भन्दा धेरै बिरामी भएका छन भने मृत्यु हुनेको संख्या ३७ पुगेको छ । न्युयोर्कमा संक्रमितको संख्या २ सय पुगेको छ । चीनमा संक्रमितको संख्या ८० हजार नाघेको छ भने इटलीमा १२ हजार बढीलाई कोरोना भाइरसकले बिरामी बनाएको छ । इटलीमा मृतकको संख्या ८ सय भन्दा धेरै रहेको बताइएको छ । त्यसैगरी युरोपका फ्रान्स, जर्मनी, स्पेनमा २ हजारभन्दा धेरै संक्रमीत छन ।


२९ फाल्गुन २०७६, बिहीबार ०२:१७ मा प्रकाशित