क्यालिफोर्नियामा ४३ को मृत्यु २२ सय सङ्क्रमित क्यालिफोर्नियाका बढि प्रभावित काउन्टीहरु 

दूरबिन नेपाल     ११ चैत्र २०७६, मंगलवार ०४:२७    

Anil Baral Real Estate

दूरबिन संवाददाता ।
मार्च २३ , सानफ्रानसिस्को । 


क्यालिफोर्नियामा सोमबार एकै दिनमा कोरोना भाइरसका कारण थप ८ जनाले ज्यान गुमाएका छन् भने संक्रमित संख्या ६ सय बढ्यो ।  कोरोना भाइरसको संक्रमणका कारण क्यालिफोर्नियामा सोमवार साँझसम्म ज्यान गुमाउनेको कुल संख्या ४३ पुगेको छ ।  संक्रमित हुनेको संख्या २२ सय पुगेको छ । ५ सय भन्दा बढि संक्रमितअस्पतालको बेडमा जीवन मरणको दोधारमा छन् । करिव ४ करोड जनसंख्या भएको क्यालिफोर्नियाका ५८ काउन्टीमा अहिलेसम्म गरिएको परिक्षण मध्ये आधाको मात्र नतिजा सार्वजनिक भएको हो । क्यालिफोर्नियाको ४० वटा काउन्टीमा कोरोनाको संक्रमण फैलिसकेको छ । यसै मध्येका १४ वटा काउन्टीमा ४३ जनाले ज्यान गुमाएका छन् । 


११ चैत्र २०७६, मंगलवार ०४:२७ मा प्रकाशित