महामारीबाट १० लाखको मृत्यु हुँदा पनि नचेतिएको अमेरिका   सङ्क्रामक रोगको इतिहास:  न्युयोर्क क्षेत्र सधै जोखिममा 

तोया दाहाल      १४ चैत्र २०७६, शुक्रबार २१:५३    

महामारीबाट १० लाखको मृत्यु हुँदा पनि नचेतिएको अमेरिका  

समाचार टिप्पणी


तोया दाहाल

PlutonicTech


अमेरिका  २७ मार्च २०२० ।
कोरोना भाइरसको संक्रमण चीनमा मात्र देखिँदा महामारी जन्य रोगका विज्ञहरूले दिएको चेतावनी र गरेको प्रक्षपण विहीबार अमेरिकाको हकमा सही सावित भएको छ । उनीहरूले भनेका थिए  “महामारी निम्त्याउने यस्ता सरुवा र संक्रामक रोग  अल्पविकसित र विकासोन्मुख  राष्ट्रभन्दा विकसित भनिएका पश्चिमा मुलुकहरूमा छिर्नासाथ झनै भयावह बन्नेछ ।”  कोरोनाको महामारीलाई अध्ययन गरिरहेका विज्ञहरूले अमेरिकाको नामै लिएर सर्वाधिक प्रभावित राष्ट्र बन्नसक्ने औँल्याएका थिए । अमेरिकाले त्यसै बेला सतर्कता अपनाउनु त कता हो कता ह्वाइट हाउसबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले ओठे जवाफ फर्काए  “कोरोना अमेरिकाको समस्या होइन । हामी सुरक्षित छौँ ।”  


अमेरिकी राष्ट्रपति ट्रम्पका कटु वाणी र  अरुलाई बिझ्ने खालका प्रतिक्रियाले कोरोनाको सङ्क्रमणलाई थेग्न सकेन । अन्तत विज्ञहरूको त्यो चेतावनी र प्रक्षपण विहीबार अमेरिकाको हकमा सही सावित भएको छ । विहीबार दिउसो सम्म विश्वभर भएका आधिकारिक परीक्षणहरूबाट पहिचान भएका कोरोना सङ्क्रमित व्यक्तिहरूमा अमेरिकाले चीनलाई पछिपार्दै  पहिलो नम्बरमा उक्लिएको छ ।  अर्थात विश्वमै सबै भन्दा बढि कोरोना संक्रमित मानिसहरू भएको देश अमेरिका भएको छ । 


प्रक्षेपणमा गरिएको अनुमान जस्तै यो महामारीले निम्त्याएको उच्च जोखिमको सामना गर्न विकासोन्मुख मुलुक चीन भन्दा विकसित भनिएको अमेरिका कमजोर देखिएको छ । संक्रमण अधिक भएको समयमा चीनको हुवान सहरले सामना गरेको भन्दा बढि नै संक्रमणको भार  न्युयोर्क सहरले खेपिरहेको छ ।  बिरामीको समयमा जाँच गर्न र उपचारका लागि अस्पतालमा भर्ना गर्न न्युयोर्क राज्यको क्षमताले भ्याएको छैन । अरु राज्यमा पनि संक्रमण तिव्र हुँदै छ ।  अमेरिका जस्तो विश्वको शक्तिशाली मुलुकले बिरामीको उपचार समेत गर्न नसक्नु विश्व समुदायका सामु लज्जाको विषय हो । 

Bhatta Law & Associate


इतिहासलाई केलाउने हो भने यस्ता महामारीको सामना अमेरिकाले १० औ पटक गरेको छ । समयको अन्तरालमा देखा पर्ने यस्ता महामारीबाट १० लाख भन्दा बढि अमेरिकीहरूले ज्यान गुमाइसकेका छन् । सन् १६३३ देखि १६३४ सम्म महामारीको रुपमा फैलिएको ‘स्मलपक्स’ 
ले ७० प्रतिशत नेटिभ अमेरिकनको ज्यान लियो । रोगब्याधिको महामारीले मानव सभ्यताको स्वरुप नै बदलिदिन्छ भन्ने यो एउटा दुखद उदारण पनि हो । यही महामारीले आदावासी अमेरिकनहरुलाई अमेरिकामा अल्पसंख्यक नै बनाइदियो । सन १७७०मा यो रोग बिरुद्ध काम गर्ने खोप बन्यो । त्यसपछि यो रोगको कुनै प्रभाव अमेरिका महादिपमा देखा परेको छैन । 


सन् १७९३ मा क्यारेबियन क्षेत्रबाट फैलिएको ‘एलो फिभर’ ले पनि ५ हजार भन्दा बढि अमेरिकनको ज्यान लिएको थियो । अमेरिकाको न्युयोर्क लगायतका पूर्बि तटका सहरहरुलाई यसले संक्रमणको चपेटामा पार्यो । करिव १ लाख ७० हजार मानिस यसबाट संक्रमित बने । लामखुटेबाट फैलने यो रोगको उपचारका लागि सन् १९३५ मा आएर खोप बन्यो ।  त्यसपछि यसको प्रभाव हरायो । 


सन् १८३२ देखि १८६६ सम्म  ‘हैजा’ को महामारी अमेरिकी महादिपमा फैलियो । त्यसबेला दैनि
क २ देखि ६ जना अमेरिकनहरुले ज्यान गुमाए । सन् १८९६मा आएर यसको रोकथाम र निधानका लागि खोप बन्यो । त्यसपछि यो रोग महामारीको रुपमा फैलिएको छैन । 


सन् १८५८ मा अमेरिकाको न्युयोर्क लगायतका पूर्बि क्षेत्रमा ‘स्कारलेट फिवर’ महामारीको रुपमा फैलियो । ९५ प्रतिशत बच्चाहरु यसबाट संक्रमित भए । विस्तारै यो रोग हरायो ।


सन् १९०६ देखि १९०७ सम्म अमेरिकाको न्युयोर्क क्षेत्रमा फैलिएको ‘टाइफाइड म्यारी’ ले १० हजार ७ सयको ज्यान लियो ।  १९१४ मा खोप वनेपछि यसको संक्रमण देखिएको छैन ।


अमेरिकाको इतिहासमा सन् १९१८ अर्को ठुलो महामारीको रुपमा आयो । कोरोनभाइरस जस्तै  संक्रमक ‘स्वाइन फ्लु’ ले अमेरिकामा ६ लाख ७५ हजारको ज्यान लियो । सन् १९४२ मा आएर मात्र खोप बन्यो । 


सन् १९२१ देखि १९२५ सम्म ‘डिपथेरिया’ अमेरिकाको पूर्बि क्षेत्रमा महामारीको रुपमा देखा पर्यो । १५ हजार ५ सयको अमेरिकामा ज्यान गयो । सन् १९२५ मा खोप बने पछि निमिट्यान्न भयो । 


सन् १९१६ देखि १९५५ सम्म अमेरिकालाई ‘पोलियो’ भाइरसले पनि दुख दियो । ३ हजार १ सय अमेरिकनले यहि भाइरसका कारण ज्यान गुमाए ।  सन् १९५५मा यो भाइरसलाई निस्तेज गर्ने खोप बन्यो । 


सन् १९८१ देखि १९८९ सम्म ‘मिजल्स’ दोस्रो पटक अमेरिकामा महामारीको रुपमा देखापर्यो । हरेक बर्ष २ हजार देखि १० हजार बालबच्चा मिजल्सका कारण ज्यान गुमाउन बाध्य भए । सन् १९८९ मा खोप बनेपछि यो निप्रभावि भएको छ । 


सन् १९८१ पछि ‘एचआइभी एड्स’ अर्को महामारीको रुपमा अमेरिका लगायत विश्वमा फैलियो । यसको प्रभाव कम गर्ने एन्टि रेट्रोभाइरल ड्रगहरु बनिसकेका छन् । पुर्ण रुपमा ठिक बनाउने खोप भने आइसकेको छैन । 


यस्ता महामारीका कारण १० लाख भन्दा बढि मानिस गुमाइसकेको अमेरिकाले कोरोना भाइरस जस्ता 
संक्रामक रोग महामारीको रुपमा आउछन् भनेर चनाखो हुँदै रोगसँग लड्ने प्रतिरोधी क्षमताको बिकास र आपतकालिन उपचारको तयारीमा कमजोर सावित भएको छ ।  


रुघा खोकी लगायतका विभिन्न खालका भाइरससको संक्रमण, झाडा पखाला, आउ, हैजा, डेंगु, मलेरिया जस्ता सरुवा र संक्रामक रोगको महामारीको अहिले पनि पटक पटक सामना गरिरहेका विकासोन्मुख देशका मानिसमा यस्ता रोगसँग लड्नसक्ने क्षमता तुलनात्मक रुपमा बढि हुन्छ । किनकी बिकसित देशका नागरिकले पछिल्लो समय यस्ता सरुवा रोगको कमै मात्र सामना गरेका छन् । जसको कारण विकसित देशमा सरुवा रोगले विरामी अस्पताल भर्नाहुने संख्या न्यून हुन्छ ।

यसै कारण यूरोप अमेरिकाका स्वास्थ निकायसँग यस्ता सरुवा रोगको उपचार गर्ने पुर्वाधार कमजोर छ । अहिले अमेरिकासँग कोरोना भाइरसको संक्रमणमा परेका बिरामीलाई राख्ने अस्पताल, आइसीयू कक्ष र जनशक्तिको अभाव छ । बिरामीको मात्र कुरा होइन संक्रमणको वेला उपचारमा खटिने स्वास्थ्यकर्मीलाई  माक्स, ग्लबस, लगायतका सामानको समेत अभाव छ । कोरोना भाइरसका बिरामीको उपचारमा खटिएका एक जना नर्सको बिहिबार न्यूयोर्कमा निधन भएको छ । यस्ता घटनाले उपचारसँगै  बिरामीलाई हौसला दिने स्वास्थ्यकर्मीको मनोबल समेत गिर्छ ।  


महामारीको रुपमा आउने कुनै पनि रोग राज्य र जनताको स्वास्थ्य समस्यामा मात्र सिमित हुँदैन । महामारी राष्ट्रको राजनीतिक र आर्थिक मुद्धा समेत हो । अहिले राष्ट्रपति ट्रम्पका अभिब्यक्ति महामारीको बिकराल अवस्थालाई  समाधान गर्नेमा सिमित नभइन  निकट भबिष्यको राष्ट्रपति निर्वाचनमा आफुलाई यो मुद्धाले कमजोर नबनाओस भन्नेमा केन्द्रित छन् । उपचारका लागि छटपटिएका पीडामा तड्पी रहेका बिरामीलाई बचाउन उपचार सहज गराउनेमा भन्दा पनि महामारीले अमेरिकाको अर्थतन्त्र आफ्नो निर्वाचन अभियानलाई  बढि प्रभावित पार्लाकी भन्ने कुरामा बढि नै चिन्तित रहेको ट्रम्पका अभिब्यक्तिमा  छर्लंग हुन्छ ।   


एक सताब्धि देखि विश्वमा कसैले चुनैति दिने र हल्लाउने आट नगरेको साथै अति खतरनाक सयौं रोगको पहिचान, नियन्त्रण र उपचारको बाटो पहिलाउदै अरबौ डलर लगाएर अध्ययन अनुसन्धन गरी विश्व मानव समुदायलाई स्वास्थ्य सेवाको नयाँ युगमा हिडाइरहेको अमेरिकालाई आखाले देख्न नसक्ने शुक्ष्म भाइरसले तहसनहस बनाइदिएको छ । युद्ध वा सडक दुर्घटनामा परेका हजारौ मानिसको एकै पटकमा उपचार गराउ सक्ने पूर्वधार भएको अमेरिका अहिले कोरोना भाइरसले निम्त्याएको महामारीसँग जुद्धन सकिरहेको छैन । यो दुखद घटनाले अमेरिका लगायतका विकसित मुलुकलाई महामारिको रुपमा आउने संक्रामक रोगसँग लड्न अव कस्तो सतर्कता र तयारी चाहिन्छ भन्ने महंगो पाठ सिकाउदै छ । अरु रोग नियन्त्रण र उपचारमा हासिल गरेको सफलता जस्तै कोरोना भाइरसको विरुद्ध काम गर्ने औषधि र खोप छिटै बनाउन सकेमा मात्र धन जनको क्षति न्यून गर्न सकिन्छ । यद्यपी कोरोना संक्रमित बिरामीले उपचार नपाई मर्नु पर्ने अहिलेको अवस्थाको अन्त गर्दै अस्पतालमा  उपचार सहजै पाउने ब्यबस्था मिलाउनु अमेरिकाको लागि पहिलो चुनौति बनेको छ । 


१४ चैत्र २०७६, शुक्रबार २१:५३ मा प्रकाशित