‘न्युयोर्कमा कोरोना संक्रमित नेपालीका लागि क्वारेन्टाइन व्यवस्था गरौ’

दूरबिन नेपाल     १५ चैत्र २०७६, शनिबार २१:१०    

Anil Baral Real Estate

अमेरिका । नेपालीहरुको बाक्लो बसोबास रहेकाे अमेरिकको न्युयोर्क अहिले कोरोना भाइरसको संक्रमितका कारण अस्तव्यस्त बनेको छ । सयौका संख्यामा नेपाली पनि संक्रमित भएको खवर आएका छन् । कोरोना भाइरसकै कारण एक जनाको निधन नै भएको छ ।

विश्व नै त्राही त्राही भएको  समयस्यामा न्युयोर्कमा रहेका नेपालीमा मुख्य समस्या भनेकै सुरक्षित वासास्थान हो । महंङ्गो घरभडाका कारण अधिकांश नेपाली एकै घर वा अपार्टमेन्टमा दुई वा दुई भन्दा बढी परिवार मिलेर बस्ने गर्दछन । त्यस्तोमा शैचालय र भान्सा पनि आलोपालो  प्रयोग गर्नु पर्ने बाध्यता छ ।

यस्तो अवस्थामा एक जनालाई मात्र कोरोना संक्रमणको लक्ष्यण देखियो भने परिवारका बाँकी सदस्यलाई पनि संक्रमण हुने खतरा हुन्छ । अमेरिकाभरी नै अहिले कोरोना भाइरस पिडितका लागि भन्दै  सहयोगका विभिन्न प्याकेज घोषणा गरिएका छन् । कतिपयले दाल चामल चाहिएमा सम्पर्क गर्न भनेका छन भने कतिपयले औषधी किन्न जान अप्ठेरो परेमा आफुहरुले सहयोग गरिदिने भन्दै फेसबुकमा स्टाटस लेखेका छन् ।

यसै क्रममा गैरआवासीय नेपाली संघ अमेरिकाका सल्लाहकार  संजय थापाले शनिवार फेसबुक स्टाटस मार्फल न्युयोर्कमा क्वाराना भाइरस पिडितका लागि क्वारेन्टाइनको व्यवस्था गर्न नेपाली समाजका अगुवा समक्ष अपिल गरेका छन् ।

 

थापाले लेखेका छन्, ‘मुलधारको राजनीतिमा लाग्नु भएका नेपाली समुदायका अगुवाहरु, न्युयोर्कको ज्वलन्त समस्या कोरोना संक्रमित दाजुभाई दिदीवहिनीहरु जसलाई अस्पतालले भर्ना गरेको छैन वा भर्ना गरेकोहरु जो डिस्चार्च हुनु भएको छ उहॉहरुलाई राख्ने ठाउको ठुलो समस्या परेको छ उहाँहरु जाहॉ वस्नु हुन्छ त्यहाँ परिवार वा समुहमा राख्दा सवै जना संक्रमित हुने प्रवल सम्भावना छ ।’

थापाले अहिले न्युयोर्कमा थुप्रै होटलहरु खाली रहेको हुदाँ त्यस्ता होटललाई नेपालीहरुका लागि क्वारेन्टाइन बनाउन पनि अपिल गरेका छन् । थापा अगाडि लेख्छन्,’ न्युयोर्कमा सवै होटलहरु खाली छन् तपाईहरुले हिजो आर्थिक सहयोगको लागि होस वा विभिन्न कार्यक्रममा अतिथि वनाएर ल्याउनु भएका नेताहरुको मद्धतमा हाम्रो समुदायको लागि एउटा क्वारेन्टिन स्थानको लागि पहल गर्न जरुरी छ । हिजो तपाईहरुको अनुरोधमा हामी घेरै नेपालीले दु : ख गरेर कमाएको पैसा सहयोग गरेका छौ । आज हाम्रो समुदायको लागि अति जरुरी कुरा उहॉहरुको सहयोगमा व्यवस्था गर्ने वेला आएको छ कृपया पहल गर्न अनुरोध छ ।’

 

यस्तै नेपाल तरुणदल अमेरिका उपाध्यक्ष अनन्त सुवेदीले पनि अमेरिकामा नेपालीका लागि क्वारेन्टाइनको बन्दोबस्त गर्न अमेरिका स्थित नेपाली दुतावास भवन प्रयोग गर्न अपिल गरेका छन् । सुवेदी लेख्छन्,’ माहमहीम राजदुत ज्यु, हामी नेपाली न्युर्योक बासीहरूमा कोरोना भाईरसले त्राहीमम् छम् ! अझै बुवा आमालाई यो भाईरस पोजेटिभ देखीई सकेपछी साना बावु नानीहरूको ठुलो चिन्ता छ! उनीहरूलाई छुट्टै सेल्टरमा राख्ने ईच्छा राख्नुभयकोले हामीहरूले कही कतै ब्यावस्था गर्न सकीयको छैन ! हालै नेपाल सरकारले वासिड्टनमा राजदुतावासको लागी यो भवन खरीद गरीयको रहेछ यो आपतकालमा यो भवनलाई बालबालिकाहरूको लागि सेल्टर बनाई सहयोग गरीदिनु भए हामी न्युर्योक बासीहरू दुतावास प्रति अनुगृहीत हुनेछौ!


१५ चैत्र २०७६, शनिबार २१:१० मा प्रकाशित