अमेरिकाको न्युयोर्कमा चार सय स्थानमा नि : शुल्क खाना वितरण

दूरबिन नेपाल     २१ चैत्र २०७६, शुक्रबार २१:२८    

Anil Baral Real Estate
अमेरिका । न्युयोर्क सिटी अन्तर्गत शिक्षा विभागले नि : शुल्क भोजन गराउने भएको छ । कोरोनाले आक्रान्त न्युयोर्कको चार सय भन्दा बढी स्थानमा नि : शुल्क भोजन वितरण गरिने विभागले आफ्नो वेवपेजमा जनाएको छ ।
नि : शुल्क खाना सोमवार देखि शुक्रवार विहान साढे सात देखि दिउसो साँढे एक बजे सम्म तोकिएको स्थानबाट प्राप्त गर्न सकिने छ । नि : शुल्क खाना विद्यार्थी उनका परिवार र अन्य वश्यकहरुले समेत प्राप्त गर्ने छन् । एक पटकमा तीन छाकलाई पुग्ने गरि खान लिन पाइने जनाइएको छ । खाना लिनका लागि कुनै प्रकारको दर्ता तथा आइडी पनि  आवश्यक नपर्ने जनाइएको छ ।
विस्तृत विवरणको लागि यो लिङ्क हेर्नु होला ।

https://www.schools.nyc.gov/freemeals?fbclid=IwAR2nTQT_z4d_ecIgS_oB6R-l5bKymf47oeuVUhYR0kYJUkwM92QM9nFqPL0


२१ चैत्र २०७६, शुक्रबार २१:२८ मा प्रकाशित