कोरोनाको इपीसेन्टर अमेरिकाको क्वीन्समा मृतकको संख्या पाँच सय नेपालीहरुको बाक्लो बसोबास रहेको कोरोना र एल्महस्र्टमा संक्रमित धेरै

दूरबिन नेपाल     २२ चैत्र २०७६, शनिबार ०५:२१    

Anil Baral Real Estate

दूरबिन नेपाल, न्युयोर्क । कोरोना भाइरसको अत्यधिक प्रभावित क्षेत्र न्युयोर्कको क्वीन्समा संक्रमितमात्र होइन मृतकको संख्यापनि अत्यधिक रहेको न्युयोर्ककका गभर्नर एण्ड्र्यु कुमोले जानकारी दिएका छन । गभर्नर कुमोले शुक्रबार गरेको नियमित ब्रिफीङका क्रममा सो जानकारी दिएका हुन । न्युयोर्कको क्वीन्स सबैभन्दा धेरै प्रभावित क्षेत्र बनेको छ । सो स्थानमा दक्षिण एशीयाली मुलका मानिसहरुको बसोबास धेरै छ । यद्यपी सो क्षेत्रमा अन्य एशीयाली मानिसहरुपनि बसोबास गर्छन ।

 

क्वीन्समा शुक्रबार विहान सम्म १७ हजार भन्दा धेरै संक्रमितहरु भेटिएका छन भने मृकतकको संख्या चार सय ९९ रहेको छ । क्वीन्सकोपनि अति प्रभावित क्षेत्र बनेको छ कोरोना र एल्महस्र्ट क्षेत्र । गभर्नरले जनाएअनुसार कोरोनामा झण्डै एकहजार जना र एल्महस्र्टमा नौ सयको हाराहारीमा संक्रमित रहेका छन । ती क्षेत्रमा नेपाली र तिवेतियनहरुको उल्लेख्य बसोबास रहेको छ । क्वीन्स क्षेत्रभरी १७ हजार भन्दा धेरै संक्रमित भेटिएका छन ।

 

न्युयोर्क सीटीले जनाएअनुसार विहिवार सीटीमा दशहजार ५ सय ९० जना कोरोना भाइरसका विरामी अस्पताल भर्ना भएका मध्ये ३ हजार ५ सय ३१ जना त क्वीन्समा मात्रै छन । शुक्रवार बिहान सम्म न्युयोर्क सीटीमा मात्र ५७ हजार एक सय ५९ जना संक्रमित भइसकेका छन ।

 

शुक्रवार  संक्रमित र मृतकको संख्या ह्वात्तै बढ्यो

 

वल्र्ड मिटर डट इन्फोले जनाए अनुसार विशिवार र शुक्रवार २४ घण्टाको अवधिमा अमेरिकामा १३ सय २१ ज्नाको ज्यान गएको छ । शुक्रवारसम्म अमेरिकामा ७ हजार तीन सय ९२ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी न्युयोर्कमा मात्र ज्यान गुमाउनेको संख्या ३ हजार दुइ सय १८ पुगीसकेको छ भने विहिवार र शुक्रवार २४ घण्टाको अवधिमा ६ सय ८० जनाले ज्यान गुमाएका छन । यो अहिलेसम्मकै धेरै हो ।

 

न्युयोर्कमा शुक्रवार सम्ममा एक लाख तीन हजार भन्दा धेरै संक्रमित भइसकेका छन । त्यसैगरी अमेरिकाभरीमा २ लाख ७७ हजार एक सय ६१ जना संक्रमित भएका छन । शुक्रवार मात्रै ३२ हजार २ सय ८४ नयाँ बिरामी थपिएका छन ।

 


२२ चैत्र २०७६, शनिबार ०५:२१ मा प्रकाशित