न्युयोर्कमा कोरोना संक्रमण सुधारउन्मुख : एन्ड्रु कुमो, गभर्नर

दूरबिन नेपाल     २३ चैत्र २०७६, आईतवार १६:४४    

Anil Baral Real Estate

अमेरिका । न्युयोर्कका  गभर्नर एन्ड्रु कुमोले न्युयोर्कमा कोरोना संक्रमणमा सुधार हुदै आएको तथ्याङ्क प्रस्तुत गरेका छन् । कोरोना संक्रमणका बारे नियमित प्रेम मिट अन्तर्गत आइतवार कुमोले सार्वजनीक गरेको तथ्याङ्क निम्नानुसार छ ।

 

*जम्मा कोभिड टेष्ट ३०२, २८० न्युयोर्क राज्य, १३२, ४६६ न्युयोर्क शहर

 

*पोजेटिभ संख्या, १२२, ०३१ न्युयोर्क राज्य, ६७, ५५१ न्युयोर्क शहर

 

*जम्मा हस्पिटलाइज, १६, ४७९, आइसीयू ४,३७६, डिस्चार्ज, १२, १८७

 

*जम्मा मृत्यु ४, १५९ (सकारत्मक आधार अघिल्ला दिनहरु भन्दा अप्रिल ४ मा करिव ४० मृत्यु कम)

 

न्युयोर्क राज्यमा कोभिड १९ प्रकोपमा सुधार भएका केही तथ्याङ्कहरु:

 

हस्पिटलाइ जेसन

 

मार्च २५ देखी अप्रिल ३ सम्म दैनिक औषतमा १,३०० जना हस्पिटलाइज हुने गरेका मा अप्रिल ४ का दिन केवल ५७४ जना मात्र ।

 

इन्टुवेसन

इन्टुवेसन (भेन्टिलेटर) मा मार्च १७ देखि अप्रिल ३ सम्म विरामीको संख्या बढेको मा अप्रिल ४ मा केवल ३१६ जना जुन अधिल्लो दिनको भन्दा करिव ५० कम छ ।

 

डिस्चार्ज

मर्च १८ देखि नै डिस्चार्जको संख्या बढेता पनि अप्रिल ३ मा एकै दिन १,७०९ जना डिस्चार्ज भए ।

 

अन्तमा,

स्टेट बाइज कोभिड नयाँ केश पनि घट्दो दरमा छ । न्युयोर्क सीटिमा, स्टेटका कुल विरामी मध्ये औषत करिब ७२-७५% हुने गरेकामा अप्रिल ४ मा ६५% छन् ।

(स्रोत, गर्भनर कुमो प्रेस मिट)


२३ चैत्र २०७६, आईतवार १६:४४ मा प्रकाशित